काठमाडौं । काठमाडौंमा जारीे साफ यु–१५ च्याम्पियनसिप प्रतियोगितामा नेपालले अग्रता कायम गरेको छ । उसले स्पर्धी माल्दिभ्सलाई पछि पारेको हो । खेलको २८औं मिनेटमा जान लिम्बुले पेनाल्टीमार्फत् सुरूवाती अग्रता दिलाए । त्यसको सात मिनेटपछि नमेश थापामगरले गोल गर्दै नेपालले पहिलो हाफमा २–० को अग्रता दिलायो । दोस्रो हाफमा सशांक बोहराले गोल गरेका छन् । ६७ औं मिनेटमा दिपेश राईले गोल थपेका छन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा दुवै टोली मैदानमा गोलका लागि प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको चारै संस्करण खेलेको नेपालले दुई पटक फाईनल खेलेको छ। अब प्रतियोगिताको समूह एमा रहेको बंगलादेशसँग खेल्नेछ।
समूह बीमा भारत, भुटान र पाकिस्तान समावेश छन् ।
भिडियो हेर्न ।
blob:https://mycujoo.tv/00253452-6320-4bb3-85d0-b0ac71fe5cd0