लीला सिङ्गक लिम्बु
पक्रोती गाउ भरिको मान्छेले सम्झिने नाम हो । कारण सानैदेखि यती चक चके थिई कि भनी साध्य छैन । जन्मनु मात्र छोरी जन्मेकी थिई । काम लवाई खवाई बोलि चाली हिड डुल ठ्याक्कै छोरा मान्छे जस्तै । त्यसो त सानैदेखि अहिलेसम्म नि त्यो घरमा छोराको भन्दा कम जिम्मेवारी उठाकी छैनन् । पक्रोती आफू भन्दा साना साना फुच्चा फाच्ची बटुलेर ग्याङ नै बनाउथी । आमाको जाड छान्ने सर्समा लिएर घुङ्सुवा खोलाको साप्मा, झिंगे माछा घन्टाउके सबै समात्न भ्याउथी । खोल्सा खोल्सिका चप्लेटी, मसिना ढुङ्गा कहिले टुंगोमा हुन्नथे, पक्रोतिको गङ्गटा मिसनले ।आमाको मजेत्रोले घुङ्सुवा खोलाको महबिरमा जाल थाप्थिन । मजेत्रो र जाड छान्ने सरसमा फटाईले कुटाई पनि थुप्रै भेटिन् । घरमा जिम्मेवारी पनि त्यस्तै पर्थ्यो । सामान ल्याउनु पुर्याउनु, फेदाङ्मा लिनु, बढी जसो घर बाहिरको काम । पक्रोतीको आमा सुम्बाङ्गी तुम्मा उहिले देखी सुङ्गुरको माउ पाल्ने । हरेक पटक माउलाई योपा (बिररसाड) खोजी ल्याउने जिम्मा पनि पक्रोती कै हो । योपालाई छु छु गर्दै गित गाउदै उफ्री हिँड्नु खुब रमाईलो लाग्छ उनलाई ।
दशै भर्खरै सकिएर तिहार लाग्नै लागेको रमाइलो बातावरण पारिलो घाम । सधै झैं सुम्बाङ्गी तुम्माको माउ सुङ्गुरलाई योपा लाउनु पर्ने भो । पक्रोती लागिन् बैदार बाजेको घरमा योपा लिन । बालिघरे योपा न र्पयो खोर मात्र खोली दिनुपर्छ मान्छे पछ्याएर हिडिहाल्छ । पक्रोती नि के कम ! उसको पालो योपालाई डोरीले बाधी र डोरीलाई कम्मरमा फन् फन् कसी । अनि गीत गाउदै नाच्दै ओरालो लागि ….. हरियो गोबरले लिपेको लछिमी पुजा गरेको हे औसीको दिन गाई तिहार भैलो । यतिबेला सम्म त नुक् नुक्, नुक् नुक् गर्दै योपाले पक्रोतीलाई पछ्याउदै थियो । जब घर पुग्ने बेला भो योपा यस्तरी दौडियो कि ! पक्रोतीले न त योपा नै पकड्न भ्यायो न कम्मरमा बाधेको डोरी नै फुस्काउन ! सानो ओरालो बाटो त काट्यो काट्यो, घर पछाडि भर्खरै काटेको घैया धानको नल, ढुङ्गा, माटो भरी पक्रोती यसरी घिसारियो कि ! हात, कुहिना, अनुहार, खुट्टा सबै पिल्सिएर रगत निस्किदै थियो । भर्खरै दशैमा सिलाएको जामा र सुरुवाल ठाउ ठाउमा फाटीसकेको थियो । सुम्बाङ्गी तुम्मा कराउदै थिई । ए पक्रोती थुईक्का तेरो बुद्धि ! कसो घाटिमा अड्काएर मरिनस् । होईन “तरुनीको गन्ध थाहा पाए पछि, योपाहरु बौलिन्छ भन्ने तलाई थाहा छैन ?“ थुक्का चिल्लाङ्सिर सर्गी किर ।
योपा बासको भाटाले बारेको बार काटेर तरुनी भेट्न पुगी सकेको थियो । पक्रोती भने लामो सास फेर्दै रातो गाला पारेर थरर काम्दै बारमा तेर्सो अल्झी राखेकी थिई । केजिते केस्से पक्रोतेओ भन्दै गनगनिदै आमाले कम्मरको डोरी खोलेर उठाइन् ।
कथा श्रोत ः ललिता तुङ्खेवा लिम्बु
योपा ः सुङ्गुरको बिररबिउरसाड
सरस्मा ः जाड छान्ने छान्नु
महबिरः घुङ्सुवा खोलामा अवस्थित पानिको दह
नोटः यो कथा कोही कसैसङ्ग मेल खाएमा संयोग मात्र हो । कथाका पात्रहरु काल्पनिक हुन् नाम मेल खाएमा माफी पाउ । नोगेन
न्युयोर्क
१÷२३२०१९


















