तर तिमी आएनौ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

तर तिमी आएनौ

-उत्तम लिम्बु

नुन किन्न
मधेस झरेको चङ्गुुलाल
कहिल्यै गाउँ फर्किएन
हेडमास्टरको थप्पड खाएर
सहर पसेको बुध्दिश्वर
कहिल्यै घर फर्किएन
जुवामा पैसा हारेर
बरालिएको छविलाल
कहिल्यै आफ्नो आँगन टेकेन
कोहि जोत्दा जोत्दैको
घरबारी छोडेर
खाडी भासिए
कोहि पोत्दापोत्दैको
पिँढी छोडेर बेखबर भए….।

तिमी उज्यालो किन्न
गएको भन्ठानेर
कुन‌ै गुनासो गरिनन् छोरीले
तिमी न्यानो लिन
गएको भन्ठानेर
कहिल्यै चित्त दुखाएन छोराले ।

छोरीले कपुरी(क लेख्न जानिन्
छोराले लयमा राष्ट्रिय गान गाउन सक्छ ।

कहाँ बद्लिन्छ र गाउँको माया
तिमीले छोडि हिँडेजस्तै छ आँगनको चुवाको फुल
कहाँ बद्लिन्छ र माटोको माया
तिमीले छोडि हिँडेजस्तै छ मिक्लाजुङ्ग पहाड
कहाँ बद्लिन्छ र देशको माया
तिमीले छोडि गएजस्तै छ दुख बाँड्ने हाटहरु ।

प्यारो दिलको राजा !

भैँसे घाटको
डुङ्गा तरेर हजुरको हात समाउदै
माइत जाने मन नभएको कहाँ होर…
पखेराको डिलमा उभिएको
छतिवनको छाँयामा बसेर
हजुरको काखमा निदाउने मन नभएको कहाँ होर ?

प्यारो दिलको राजा !

उसरीनै फुल्छ
खनिउँ बारीमा गुयेँलोको फुल
उसरीनै बनाउँछ
धयेँरोको रुखमा धोवी चराले गुँड
उसरीनै उदाउँछ
घरको दलिनबाट घाम
उसरीनै सुसाउँछ घर मुन्तिरको छरुवा खोला
उसरीनै मुस्कुराउँछ छिँडिभरी जुन
तर कहिल्यै उसरीनै मुस्कुराइनन्
तिमी गएपछि …
तिमी आउने बाटो पर्खिरहेकी आमा ।

सम्बन्धित खवर