मोरङको पथरी शनिश्चरेमा प्रथम अन्तराष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता जेष्ठ १२ देखि २१ गतेसम्म पथरी शनिश्चरे १ स्थित जाते माेडमा रहेको प्रस्तावित पथरी रंगशालामा हुने आयाेजकले जानकारी दिएको छ ।

प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमलाई क्रमस ४ र २ लाख नगद सहित ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजक समितिको सचिव मणि लुम्फुवा लिम्बुले बताए । बिहिबार आयोजक पथरी—११ ले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता अन्तिम तयारीमा रहेको जानकारी गराएको छ । प्रतियोगितामा ‘ए’ चार ओटा डिभिजन, भारतको एक र आयोजक सहित १० टिम सहमागीता हुने आयोजक समितिका खेल संयोजक सुमन बिकले बताए ।
गोल्डकप सम्पन्न गर्न लाग्ने अनुमानि आम्दानी र खर्च विवरण समेत प्रस्तुत भएको थियो । १०/ ११ बर्ष पछि पथरी शनिश्चरेमा गोल्डकप फुटबल प्रतियोगिता हुन लागेको हो । १० बर्ष अघि पथरीमा दुई वटा गोल्डकप र दुई बर्ष अघि दुई वटा पथरी शनिश्चरे नगर स्तरीय फुटबल प्रिमियर लिग प्रतियोगिता भएको थियो ।
खेलकुदको विकास संगै नगरको पहिचान र खेलाडीको प्रतिभा पहिचान गर्ने उदेश्यले खेल गर्न लागेको आयोजकको भनाई छ । फुटवलको माध्यबाट राष्ट्रिय खेलाडी दिपक राई, महिला खेलाडी सरु लिम्बु र ‘ए’ भिडिजन क्लवबाट खेलिरहेका फुटबल खेलाडी साइमन लिम्बू, मिन धिमालले पथरी शनिश्चरे नगरको नाम राख्न सफल भएका छन ।
















