झापाको काकरभिट्टामा मेयरकप अन्तराष्ट्रिय कराते च्याम्पियनसिप प्रतियोगीता सम्पन्न भएको छ ।
जेष्ठ १३ र १४ गते आयोजित प्रतियोगितामा ,भारतको आसाम, बिहार दिल्लि,दार्जेलिड्, सिक्किम ,कलकत्ता ,सिलगुडि,राजिस्थान बाट ३ सय जना खेलाडिहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए भने नेपलबाट ६ वटा प्रदेश का ३ सयजना खेलाडिहरुले प्रतिसपर्धा गरेको थिए ।
प्रतियोगितामा कुमुत्ते महिला र पुरुष तर्फ २० केजी तौल समुह देखि ८१ं केजी तौल समुह सम्म प्रतिस्पर्धा भएको थियो । पथरी कराते एकेडेमिका खेलाडिहरुले २ स्वर्ण १ रजत र १ कास्य पदक प्राप्त गर्न सफल भएका छन् । प्रतियोगितामा काता,महिला ,पुरुष ,पथरी कराते एकेडेमिका तर्फबाट चन्द्र मगर ४० केजि प्रथम, निश्चल डाँगि ३५ केजी प्रथम ,निरज दाहाल ६५ केजि दोस्रो र अपिक्ष्या चौधरी ६० केजी तेस्रो भएका छन् ।
पथरीशनिश्चरे नगरपालिकाबाट धेरैजसो कराते खेलकुद प्रतियोगितामा ,मेडल दिलाउन सफल खेलाडि हरुलाई एकेडेमिका अध्यक्ष सुरेन्द्र तोम्बापोले बधाई तथा शुभकामना दिदै , प्रतियोगिता को बारेमा जानकारि गराउनुभएको थियो ।
















