भ्रष्टाचारविरुद्ध विराटनगरका युवाहरूले अर्धनग्न भएर विरोध जनाएका छन् ।
आइतबार विराटनगरस्थित ट्राफिक चौकमा युवाहरू अर्धनग्न भएर विरोध जनाएका हुन् । उनीहरूले विभिन्न नारा लेखिएका प्ले कार्ड बोकेर विरोध जनाएका थिए । ‘लाखौँ पर्ने गाडी तिमीलाई कसले किन्दियो’, ‘काठमाडौंको घडेरी तिमीलाई कसले जोडिदियो’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।
राजनीतिक दल र सिस्टम नै नाङ्गो भइसकेकाले यसको विरोधमा सरकारलाई सांकेतिक खबरदारी गर्न अर्धनग्न भएर विरोध जनाएको उत्तम ढुंगलले बताए ।उनीहरूले २०४६ साल पछि राजनैतिक दलको उच्च ओहदामा बसेका नेताहरूको सम्पत्ती छानविन गर्नुपर्ने लगायतका माग राखेका छन्
















