पथरी जेष्ठ १६- मोरङको पथरीशनिश्चरे २ स्थित जयचोकमा यात्रुवाहक बसले ठक्कर दिँदा एक साईकल यात्रीको घटनास्थलमै मृत्यु भएको छ ।
आज दिउँसो ३ः५० बजे पश्चिमबाट पुर्व जाँदै गरेको प्रदेश १–०१ –००१– ख ३५४९ नम्बरको यात्रुवाहक बसले पथरी शनिश्चरे २ बस्ने ५० बर्षका यज्ञ थापालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । शवलाई मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा पोष्ट मार्टमको लागि पठाइएको छ । ठक्कर दिने बस चालक झापाको बिर्तामोड नगरपालिका ०२ बस्ने ४६ वर्षका प्रकाश पाठकललाई ईप्रका पथरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ ।
















