साइनो समाचारदाता/पथरी, २ फागुन
मोरङको पथरी शनिश्चरे २ कालापानीमा खेतीबाट आलु चोरी भएको छ । पथरी कृषी फर्मका संचालक रुद्र मणि न्यौपानेले १५ धुर क्षेत्रफलमा लगाएको आलु हिजो राति चोरी भएको थियो । न्यौपानेले २ विघा क्षेत्रफल लिजमा लिएर कागती खेती र नगदे वाली गर्दै आएका छन ।
करिव २ मन आलु चोरी भएको फर्मका न्यौपानेले जानकारी दिनु भयो । न्यौपानेले फर्ममा कागती, उखु, साग केराउ, प्याज, लसुन लगायतका नगदे बाली लगाउदै आउनु भएको छ । गाँउमा रहेको फर्ममा बेला बेला कागती र अन्य सागपात समेत चोरी हुने गरेको उहाले बताउनु भयो ।
आलु चोरी भए पछि न्यौपानेले जनप्रतिनीधी र प्रहरीमा जानकारी गराएका छन । सुनसान गाँउमा रातको समयमा चोरी भएकाले चोरी पत्ता लाग्न सकेको छैन ।