विद्यालयमा गोली प्रहार हुँदा ११ जनाकाे मृत्यु - Sainokhabar
  • शुक्रबार, चैत १०, २०७९

विद्यालयमा गोली प्रहार हुँदा ११ जनाकाे मृत्यु

म्यानमारकाे एक विद्यालयमा सेनाको हेलिकाेप्टरबाट गोली प्रहार हुँदा ११ जना बालिबालिको मृत्यु भएको छ ।

साेही घटनामा १५ जना सम्पर्कबिहीन बनेका छन् । उत्तरी म्यानमारको सांगेन प्रान्तमा रहेको एक विद्यालयमा सेनाको हेलिकाेप्टरबाट गरिएको गोली प्रहारमा बालकालिकाको मृत्यु भएकाे हो । विद्यालयमा विद्रोही लडाकुहरु आश्रय लिएर बसेको आशंकामा सेनाले आक्रमण गरेको अनुमान गरिएकाे छ ।

मृत्यु हुने बालबालिकाको उमेर ७ देखि ११ वर्षको रहेको छ । उनीहरुको शव सेनाले नै लगेको बुझिएको छ । यसैबीच युनिसेफले सेनाको ज्यादतीको विरोध गर्दै सम्पर्कबिहीन १५ बालबालिकालाई मुक्त गर्न अपील गरेको छ । युनिसेफले शोक सन्तप्त परिवारजनप्रति समवेदना समेत प्रकट गरेकाे छ । युनिसेफले बालबालिको जिउधनको रक्षा गर्न म्यानमार सरकारको ध्यान केन्द्रित गरेको हो ।

म्यानमारको सरकारले प्रजातन्त्र पक्षधर र बिद्रोहीहरुमाथि निर्मम दमन गर्दै आएको छ । पछिल्लो समय सैनिक कुपछि त्यहाँ २३ सय भन्दा धेरै मानिस सेनाबाट गरिएको कारबाहीमा मृत्यु भएकाे छ । सैनिक कारबाहीका कारण म्यानमारबाट ५ लाख सर्वसाधारण विस्थापित भइसकेका छन् ।

सम्बन्धित खवर


Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-includes/functions.php on line 5279

Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 107