ग्यास पड्केर घाइते भएकाहरुलाई आर्थिक सहयोग - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

ग्यास पड्केर घाइते भएकाहरुलाई आर्थिक सहयोग

काठमाडौंको बौद्धमा ग्यास पड्केर घाइते भएकाहरुलाई सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालीकाले आर्थिक सहयोग गरेको छ ।

केहि दिन अघि सो क्षेत्रमा ग्यास लिक भई पड्कदा सिन्धुपाल्चोक स्थायी घर भएका ५ जना, दोलखा घर भएका १ जना र भोजपुर घर भएका १ जना घाइते भएका थिए । अग्निपिडीतहरुको उपचारमा समस्या भएपछि कांग्रेस नेता मोहन बहादुर बस्नेतको पहलमा घाइतेहरुलाई गाँउपालीकाको तर्फबाट १-१ लाख रुपैया हस्तान्तरण गरिएको हो । त्यस्तै घटनामा गम्भीर घाइते दुई जनालाई भोटेकोशी गाँउपालीकाका आमा समूहले थप २५-२५ हजार उपलव्ध गराएका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा कांग्रेस नेता बस्नेतले आगलागीबाट सिन्धुपाल्चोकका पाँच जना र अन्य स्थानका व्यक्ति पनि घाइते भएको र घाइतेहरुको ग्यास पड्केको कोठामा बस्ने व्यक्तिले नै व्होरेको पाएपछि सहयोग गरिएको जानकारी दिनुभयो । मानविय संवेदनशिलतालाई ख्याल गरि गाँउपालीकाहरुसंग छलफल गरि तत्कालका लागि आर्थिक सहयोग गरिएको उहाको भनाई छ । बौद्धमा ग्यास पड्केर घाइते भएका मध्ये दुई जनाको शरिर ४० प्रतिशत भन्दा बढि जलेको छ । सवै घाइतेहरुको काठमाडौंको सुषमा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खवर