जहाँ तिम्रो जीवन (कविता) - Sainokhabar
  • शुक्रबार, चैत १०, २०७९

जहाँ तिम्रो जीवन (कविता)

जहाँ तिम्रो जीवन

निनाम प्रमे

उडिरहेको धुवाँमा
छुट्टिएको सास र शरिर
बिछोडिन नमान्दा बियोगमा
चिच्याइरहेको क्रन्दन
सुन्ने कान हरु तिम्रो
बन्द होउन
जस्ले तिम्रो शान्ती भङ्ग नहोउन

बलिरहेको आगोमा
जलिरहेको शरीर सङै मुटु
जहाँ तिमिलाइ राख्यो
जस्ले तिमिलाइ हदै प्रेम गर्थ्यो
हुन्छ भने एक नजर लाउनु
अनि बिदाइ गर्नु
सदाको लागि
लासको खरानी खोलामा बगाएर
तिमी परिवर्तनमा बगिरहनु
जहाँ तिम्रो जीवन
निस्चल,कन्चन र पबित्र हुन्छ।

सम्बन्धित खवर


Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-includes/functions.php on line 5279

Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 107