राजा मावो
नेपालको ७५३ गाउँपालिका मध्ये ताप्लेजुङको विकट गाउँ सिरिजङ्घा गाउपालिकाले उपाध्यक्षको रुपमा डाक्टर चित्र मावोलाइ पायो।
मावोको निम्ति यो एउटा अवसर र चुनौती दुबै हुन पुग्यो ।साथै यहाँका आम जनताको आसाको केन्द्र पनि डाक्टर साव नै बनेका छन । हिसाब गर्ने हो भने सायद नेपाली राजनीतिमा उपाध्यक्षको रुपमा डाक्टर जस्ता पढेका र बौद्धिक नेतृत्व पाएको एउटा गाउपालिका पर्छ भने त्यो भाग्यमानी गाउपालिका पनि सिरिजङ्घा नै हो । सन्दर्भ बर्खा यामको बाढी पहिरोको हो । सिरिजङ्घा गाउपालिकाको प्रशासकीय प्रमुख स्काइ पोख्रेलको फेसबुक पोस्टमा एउटा घटना सार्बजनिक भयो। सिरिजङ्घा गाउँपालिलाई अहिले बाढी पहिरोले निकै प्रभावित बनाएको छ ।
धेरै जनाको धन गुमेको छ । बाटो अबरुद्ध भएको छ । यो दुखद घटनाको निम्ति आज डा. चित्र मावो प्रशासकीय प्रमुखको साथमा आफ्नो ज्यानको प्रवाह नगरी जनताको निम्ति जितेको छु र जनताको निम्ति मर्न समेत तयार छु भन्ने हिम्मतका साथ प्रवाहित क्षेत्रमा आफै खटिएका छ्न । यसले साच्चै नै जनताको निम्ति जनप्रतिनिधि साथमा छन भन्ने अनुभूति दिएको अनुमान गर्न सकिन्छ । सहरको मोजलाइ त्यागेर गाउँ छिरेका डाक्टरलाई त्यति सजिलो त छैन तर यो हिम्मतबाट भने आम राजनीतिले केही सिक्नु पर्छ भन्ने प्रेरणा दिएको छ ।