साइनो समाचारदाता
पथरी । म्युजिकल फिल्म ‘संग–संगै कान्छि’ युट्युव मार्फत सार्वजनिक भएको छ । पूर्वी नेपालमा रहेका भूटानी शरणार्थी र सो सिविरसंग जोडिएको नेपाली समाजको कथालाई समेटेर तयार पारिएको कथाबस्तु समेटिएको भिडियो सहितको गीत सार्वजनिक गरीएको हो ।
जमर्को इन्टरटेन्मेन्ट युवट्युब च्यानलबाट सार्बजनिक गरिएको उक्त भिडियोमा भुटानी शिविर र बस्तिका युवा युवतिको प्रेम कथालाइ प्रस्तुत गरिएको छ । संगीतको क्षेत्रमा म्युजिक भिडियो भन्दा केहि फरकपन दिने उद्धेश्यका साथ सो सर्ट म्युजिकल फिल्म तयार पारिएको निर्माण पक्षले जानकारी दिएको छ ।
गायक नन्दु गुरुङको आवाज रहेको सो गीतमा अनिल धिरुलको शव्द र देव गुरुङको संगीत रहेको छ । सो भिडियोलाई लाई रङ्गकर्मी जीवन बरालले निर्देशन गरेका हुन भने कलाकार सरोज तिम्सिनाले सहायक निर्देशकको भूमिका निभाएका छन् । उक्त भिडियोमा अभिनय क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइ सकेका अभिनेता तथा रंगकर्मी दयाहाङ राई र नग्मा श्रेष्ठलाई मुख्य भुमिकामा देख्न सकिन्छ ।
भिडियो :