गायक डम्बर नेपाली र दीपक लिम्बूको याःराक्मा हौ सोल्टिनी ज्यू सार्वजनिक (भिडियो सहित) - Sainokhabar
  • शुक्रबार, चैत १०, २०७९

गायक डम्बर नेपाली र दीपक लिम्बूको याःराक्मा हौ सोल्टिनी ज्यू सार्वजनिक (भिडियो सहित)

साइनो समाचारदाता
काठमाडौं । चर्चित गायक डम्बर नेपाली र दीपक लिम्बूको सामुहिक स्वरमा ‘ याः राक्मा हौ सोल्टिनी ज्यू…’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । कान्छा बाँजेको शब्द रहेको गीतको भिडियोमा मोडल एलिजा तुम्बाम्फो, गायक स्वयम नेपाली र लिम्बूले अभिनय गरेका छन् । लिम्बू भाषामा याःराक्मा भनेको धान नाँच हो ।

युट्युव मार्फत सार्वजनिक गरिएको भिडियोमा दिपकले आफ्नो सोल्टिनीलाई प्रेमपत्र दिन भनेर डम्बर आग्रह गर्छन् । दिपकलाई हिम्मत हारेका भन्दै गायक नेपालीले सोल्टी तपाई पत्र नदिने भने म लगिदिन्छु भन्छन् । प्रेम पत्र दिनजाँदा गायक नेपालीसँगै सोल्टनीको प्रेम बसेको र उनीहरुको मायाका क्षणहरु भिडियोमा उतारिको छ । डम्बरले सोल्टिनीलाई बाईकमा भगाएर लैजादै गर्दा दीपकले बाटो छेकेर चिर्पट प्रहार गर्छन्, अनि आँफै झंल्यास्स हुन्छन्, भिडियोमा देखाईको दृश्य त उनको कल्पनाको डुबाई पो रहेछ ।

दीपकले डम्बर नेपालीलाई सोल्टी ज्यू भन्दै चिठि मै दिन जान्छु भनेर भिडियोको इन्डिङ गरिएको छ । रोमान्टिक भिडियो अनि नेपाली टिपिकल शब्दमा तयार पारिएको गीत भिडियोको रातोपुलस्थित रक हाउसमा एक समारोह गरि औपचारिक रुपमा सार्वजनिक गरिएको थियो । उपस्थित अतिथी तथा दर्शकदिर्घालाई प्रोजेक्टर मार्फत भिडियो देखाईयो । भिडियोको सबैले प्रशंषा गरेका थिए । लिम्बू परिवेश र रहनसहनमा रहेको भिडियोको भूपेन्द्र तुम्बाहाम्फेले छायाँङ्कन तथा किरण चाम्लिङ राईले निर्देशन गरेका हुन् ।

 

भिडियो :

सम्बन्धित खवर


Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-includes/functions.php on line 5279

Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 107