साइनो समाचारदाता
काठमाडौं । निर्देशक दीपेन्द्र के. खनालको ‘चिसो मान्छे’को रिलिज डेट फाइनल भएको छ । निर्देशक खनालले फिल्म ‘चिसो मान्छे’को प्रदर्शन मिति आगामी नयाँ बर्ष अर्थात २०७८ को भदौ ११ गतेलाई फाइनाल गरेका छन् । खनालले सामाजिक संजालमा एक पोष्ट गर्दै फिल्मको रिलिज मिति सार्वजनिक गरेका हुन् ।
शर्मिला पाण्डे निर्माता रहेको फिल्म डिएस डिजिटल प्रालीको ब्यानरमा निर्माण हुन लागेको हो । ‘अहिलेको बिषम परिस्थितिको अत्यसँगै नेपाली फिल्म क्षेत्रलाई पुन चलाएन गराउन फिल्म ‘चिसो मान्छे’को काम अगाडि बढीरहेको जानकारी समेत गराउदछु’ निर्देशक खनालको पोष्टमा उल्लेख छ ।
लकडाउन अगाडि सफल फिल्म ‘आमा’ निर्देशन गरेका खनालले छायाँकनमा जानु अगाडि फिल्मका कलाकार तथा निर्माण युनिट समेत सार्वजनिक गर्ने जानकारी दिएका छन् ।
















