ब्रिलिर्यन्ट बार्यनद्वारा बार्सिलोना ८–२ ले पराजित, १९४० पछिको ठुलो र लाजमर्दो हार - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

ब्रिलिर्यन्ट बार्यनद्वारा बार्सिलोना ८–२ ले पराजित, १९४० पछिको ठुलो र लाजमर्दो हार

साइनो समाचारदाता
जर्मन च्याम्पियन बार्यन म्युनिखसँग आठ दुइको लज्जास्पद हार बेहोरी स्पानिस क्लब बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ । यो सानदार जितमा बार्यनले सेमिफाइनलमा स्थान पक्का गर्यो।च्याम्पियन्स लिगमा बार्सिलोनाको यो अहिलेसम्मकै सबैभन्दा ठुलो अन्तरको‌ हार हो ।

निरिह बार्सिलोना मैदानमा‌ निकै कमजोर रहयो। विशेषगरी डिफेन्सको फितलो प्रदर्शनमा आठ गोलको भारी बोक्न बाध्य भयो।बार्यनले लिस्बनमा माथिल्लो स्तरको खेल प्रदर्शन गर्दा दुवै हाफमा चार चार गोल गर्यो। एक पक्षिय खेलमा बार्यनकोलागि थोमस मुलर र सब्स्टिच्युट फिलिपे कुटिन्होले दुइ गोल गरे। जोशुआ किम्मिच,सर्ज जिनार्बी, रोबर्ट लेवान्डोस्की, र इभान पेरिसिचले एक एक गोल थपे। बार्साकोलागि लुइस सवारेजले एक गोल गरे भने बार्यनका डेविड अलाबाले आत्मघाती गोल उपहार दिएका थिए ।

दुई हेभि वेट क्लबबीचको खेल उत्साहजनक हुने अनुमानलाई ब्रिलियन्ट बार्यनले गलत तुल्याइदियो र‌ बार्सिलोनालाई स्तब्ध पार्न सफल रहयो। च्याम्पियन्स लिगमा छुट्टै पहिचान बनाएको बार्साको यो च्याम्पियन्स लिग कै सबैभन्दा लाजमर्दो र ठुलो अन्तरको हार हो।क्लबकै इतिहासमा भने सन १९४० पछिको ठुलो अन्तरको हार हो। सन १९४० मा बार्सिलोना ला लिगामा सेभियासँग ११(१ ले हारेको थियो। यो हारले बार्सिलोनाको खेलाडी प्रशिक्षकको‌ खटपटको‌ संकेतलाईपनि‌ छर्लङ्ग पारेको छ।

सम्बन्धित खवर