साइनो समाचारदाता
इटहरी । रक्सीको सट्टा हातमा दल्ने सानिटाइजर पिउँदा भारतमा १० जना भन्दा बढीको को ज्यान गएको छ । भारतको आन्ध्र प्रदेशमा लकडाउनका कारण मदिरा पसल बन्द भएपछि रक्सीको लतमा परेकाहरूले अल्कोहलमा आधारित सानिटाइजर पिउँदा उनीहरूको मृत्यु भएको हो ।
आन्ध्र प्रदेशको कुरिचेदु गाउँका ती मानिसले रक्सी नपाएपछि पानी र अन्य पेय पदार्थमा सेनिटाइजर मिसाएर पिएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरी प्रमुख कौशलका अनुसार झन्डै १० दिनसम्म सानिटाइजर पिएपछि उनीहरूको मृत्यु भएको हो । सानिटाइजरमा अन्य कुनै विषादी पदार्थ थियो कि भनेर सानिटाइजरको नमुना परीक्षणका लागि पठाइएको छ ।
















