ब्राजिलका राष्ट्रपतिको दोस्रो पटकको कोरोना परीक्षण पनि पोजेटिभ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

ब्राजिलका राष्ट्रपतिको दोस्रो पटकको कोरोना परीक्षण पनि पोजेटिभ

साइनो समाचारदाता 
एजेन्सी । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोको दोस्रो पटकको कोरोना परिक्षणको रिपोर्ट पनि पोजेटिभ आएको छ । मंगलबार उनको दोस्रो पटक परीक्षण गरिएको थियो । ६५ वर्षका बोल्सोनारोले हालका लागि आफू ब्रासिलियास्थित आफ्नो घरमा क्वारेन्टिनमा बस्ने जानकारी दिँदै भिडियो कन्फरेन्सिङमार्फत् आफ्नो काम जारी राख्ने बताएका छन् ।

यसका साथै, हालसम्म संसारभरी कोरोनाभाइरस संक्रमितको संख्या १ करोड ३६ लाख ८९ हजार ८ सय ५५ रहेको छ । यसमा ७९ लाख ५६ हजार ९ सय ८१ जना निको पनि भएका छन् । यस्तै। ५ लाख ८६ हजार ७ सय ७२ जनाको ज्यान गएको छ । यता इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सिमा सादत लारीले संक्रमण फैलिएका कारण हालसम्म १ सय ४० स्वास्थ्यकर्मीको मृत्यु भएको बताएका छन् । यहाँ ५ हजार डाक्टर तथा नर्स संक्रमित छन् । इरानमा हालसम्म २ लाख ६४ हजार ५ सय ६१ जना संक्रमित भेटिएका छन् भने १३ हजार ४ सय १० को मृत्यु भएको छ ।

सम्बन्धित खवर