मध्यरातमा राजेश हमाल लाईभमा, दिपालाई क्षमा दिन अनुरोध - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

मध्यरातमा राजेश हमाल लाईभमा, दिपालाई क्षमा दिन अनुरोध

साइनो समाचारदाता ।

पछिल्लो समय महानायक प्रशंगले चलचित्र क्षेत्र विवादमा आइरहेको छ । कोरोना भाईरसको महामारीका कारण लकडाउन जारी रहेको अवस्था चलिरहदा झन्डै आधा दर्जन कलाकारहरु विवादमा मुछिएका छन् । कोहि अन्तरबार्तामा बोलि चिप्लिएर विवादित भए त कोहि एक अर्कालाई आरोप प्रत्यारोप लगाउदै विवादमा मुछिए । अहिले ति सबै विवादहरु सेलाउदै गएपनि दिपाश्री निरौलाको एक अन्तरबार्ताको कारण उब्जिएको महानायक काण्ड भने झनै चर्किरहेको छ । यहि प्रसंगमा महानायक राजेश हमाल मध्यरातमा लाइभमा आएका छन् ।

उनि मध्यरातमा आफ्नो फेसबुक मार्फत ‘मेरो अनुरोध’ लेखेर भावुक बन्दै लाईभ आए । उनले ‘आफ्नो अभिव्यक्तिहरु सार्बजनिक स्थलमा राख्दा एक्कासि यस्ता खाले प्रतिक्रिया दिएर मानवतामा आच आउने, आघात पुग्ने, मानवतामा चोट लाग्ने कार्य गर्नु सहि होला र ?’ भनेर प्रश्न गरेका छन् । आफुमा सहिष्णुता रहेको बताउदै यस्ता खाले भनाई र अभिव्यक्तिलाई नजरअन्दाज गरेर आफ्नो कार्यमा अघि बढिरहने उर्जा थप्नलाई दर्शकको ठुलो भूमिका रहेको लाईभमा बताए । राजेश हमाललाई ‘महानायक’ को रुपमा स्वीकार नगरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले दीपाश्रीलाई तल्लो स्तरमा ओर्लिएर गाली गलौच गरिरहेका छन् ।

एउटी महिलामाथि यसरी तथानामा गालीको बर्षा भईरहँदा सिंगो फिल्म क्षेत्रले दुस्ख प्रकट गरेको छ । यस्तो अवस्थालाई बिगत केहि साता देखि नियाली रहेका हमालले आम दर्शक तथा जनसमुदायहरुलाई अलि फराकिलो भएर, बृहत चित्रलाई मनन गरेर र सकारात्मक हिसाबबाट कसैको मानवतामा आच नपुग्ने गरि आफ्ना अभिव्यक्तिहरु प्रकट गर्न आग्रह समेत गरेका छन् । यो सिने क्षेत्रको लागि, कला क्षेत्रको लागि र मानवताको लागि अत्यन्तै सकारात्मक भएर दिपा श्री निरौलालाई क्षमा दिन अनुरोध गरे भने कलाकारलाई आफ्नो सिर्जना पस्किन प्रेरित गर्न र तथा सकारात्मक प्रतिक्रियाको अपेक्षा राखेको उनले बताए ।

सम्बन्धित खवर