साइनो समाचारदाता
काठमाडौं । गायिका मेलिना राईको स्वरमा रहेको गीत ‘छन् छन् चुरा’ सार्वजनिक भएको छ । गीतमा गायक सुरज श्रेष्ठले मेलिनालाई स्वरमा साथ दिएका छन् ।
शंखर लामिछानेको शब्द तथा संगीत रहेको गीतको एक आकर्षक भिडियो समेत निर्माण भएको छ । भिडियोमा मोडल रियासा दाहाल र सुधीर श्रेष्ठको अभिनय देख्न सकिन्छ । प्रिस्पन कार्कीले भिडियो निर्देशन गरेकी हुन् । जसमा छायाँकन नरेश अयेर र सम्पादन नविन निरौलाको रहेको छ ।
भिडियो :
















