साइनो समाचारदाता ।
महिलाहरुको महान चाड तिजलाई मध्यनजर गर्दै चर्चित लोकगायिका देवी घर्ती मगर र गायक कस्तुप पन्तको स्वरमा रेकर्ड भएको रहेको तीज गीत ‘डाली लरक्कै’ सार्वजनिक भएको छ ।
गायक पन्तकै शब्द तथा संगीत रहेको गीतको भिडियो समेत बनेको छ । जसमा बेगम नेपाली, रुबिना अधिकारी, मनोहर अधिकारी, अनिता गिरीलगायतको अभिनय देख्न सकिन्छ । मौसम हिमालको निर्देशन रहेको भिडियोमा दीपक गिरीको छायाँकन र अम्रित चापागाइको सम्पादन रहेकोछ ।
भिडियो हेर्नुहोस :
















