साइनो समाचारदाता । संगीतकार संघ नेपालको कल्याणकारी कोषमा गायिका मेलिना राईले एक लाख रुपैयाँ सहयोग गरेकी छन् । सरकारले कोरोना भाइरसको संक्रमणको जोखिमलाई कम गर्नका लागि लागू गरेको लामो लकडाउनले जनजीवन प्रभावित भएको बेला कलाकारहरूलाई सहयोग गरेकी हुन् ।
मेलिनाले संगीतकार संघ नेपालको कल्याणकारी कोषमा एक लाख रुपैयाँ सहयोग गरेको संगीतकार संघ नेपालका कोषाध्यक्ष हरि लम्सालले जानकारी दिएका छन् । कोषाध्यक्ष लम्सालले म्यूजिक कम्पोजर एसोसिएसन नेपालको फेसबुक पेजमार्फत जानकारी दिँदै मेलिनालाई धन्यबाद दिएका छन् । कोषाध्यक्ष लम्सालले मेलिनाले गरेको सहयोगका कारण आहतमा रहेका श्रस्टा कलाकारहरूलाई ठूलो राहत मिल्ने बताएका छन् ।
















