सावादेनको संगीत यात्रा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

सावादेनको संगीत यात्रा

इलामका माङ्से्बुङका प्रकाश सावादेनले गीत सङ्गीतमा लाग्ने अठोट लिएका छन । सङ्गीत कर्म उनलाई फलामको चिउरा चपाए झै लाग्ने सावदेनले किरात जागरणका गीत देखि मायासङ्ग जोडिएका गीतको रचना गर्दै, आफै गाउँदै, सङ्गीत भर्दै आएका छन् । बढ्दो प्रतिस्पर्धा र क्वालिटीको पछी नलागेर आफ्नोपन दिन खोज्ने प्रयास गर्दैछ्न ।

धेरै प्रयासपछि उनले पहिले एल्बम ‘मिक्सेन’ बजारमा ल्याए । सुखी परिवारको चरितार्थ छोराको नामबाट एल्बमको नाम जुराएका सावादेनले छोरी स्वस्तिका सावादेनलाई सङ्गीत कर्ममा लाग्न अभिप्रेरणा दिइरहेका छन । मिक्सेनमा आठ गीत समेटिएको थियो । ‘आजको सानो कोपिला…’, ‘फुङहेक्के, थेइ फेन्दुङाङ…’, ‘इक्सा नेने…’, ‘थेचम्बु थो…’, ‘पोगिरो चुम्से…’, ‘माङ चइत…’, ‘यो नेत्र…’ रहेका छन । दोश्रो एल्बम ‘माबुधाम’मा ६ गीत छन । ‘माबुधाम…’, ‘कसलाई पोखाउ…’, ‘उडायो उडायो…’, ‘मर्दा…’, ‘जन्मेछु खाली…’, ‘किन होला…’ बोलको गीत एल्बममा समेटिएको छ । तेस्रो एल्बम पनि बजारमा ल्याएका छन । ‘इक्ला सुम्फुङ’ नामक गीति सग्रहमा ६ गीत राखिएका छन । ‘ओरिल्लो (हाक्पारे)…’, ‘नाम्केका (भजन)…’, ‘पालाम…’, ‘खाहुन साम्लो…’, ‘नाम्सामी लासामी…’ र ‘युमा माङले साम्मेतुबा…’ सुन्न सकिन्छ । सावादेनले सन्चहाङ सम्बाङ्फे, नरजित चेम्जोङ, तिर्थ तुम्सा र कमला थलङलगायत नयाँ अनुहार लिएर बजारमा आएका छन । उनले नयाँ एल्बममा भएका सबै गितको भिडियो तयारी गर्ने क्रममा छन् । उनले हाक्पारेलाई भने Mangsebung TV युटुब च्यानलमा राखेका छन ।

२०४० असार १३ गते आइतबार बाबू नरकुमार सावादेन र आमा गङ्गामाया थेबेकी कोखबाट जन्मेका सावादेनले बुङ्छेन देबिका सङ्ग बिबाह बन्धनमा बाधिएपछि उनी गीत सङ्गीत यात्रा तय गरेका हुन् । -सुमन लावती

सम्बन्धित खवर