बकपत्र - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

बकपत्र

मनोज विश्वकर्मा

तिम्रो शरिरमा
जबरजस्ती टसाईएको ओठहरु
मलाई थाहा छ
मलाई थाहा छ(
हर दिन किन च्यातिन्छ तिम्रो भित्री बस्त्र
म महशुस गर्न सक्छु
हर रात तिमी स्तम्भ हुन्छउ
र लडाउछ प्यासी बतासले

र पनि म प्रेम गर्छु प्रेयसी !

म प्रेम गर्छु–मलाई देख्दा तिम्रो आँखामा ओहरदोहर गर्ने आगोलाई
जसले शितलता दिन्छ–मेरो आत्मालाई
त्यसैले तिमी मात्र फूल होईनउ !

फूलमा आगो रोप्दै हिड्ने–मेरी प्रेयसी !
मैले प्रशस्त गल्तीहरु गरेको छु !

गल्ति सुधार्दा सुधार्दै एकदिन माफ पाएँ भने
म दिनेछु–
मेरो ओठ तिम्रो ओठलाई
र निदाउनेछु च्यापिएर तिम्रो अङ्गालोमा

या घृणा नै गरि पो रहन्छौ कि..?

तिमीले घृणा गर्दा गर्दै
एकदिन म बादशाह भए भने
नाङ्गै पार्नु र कोर्रा लगाउनु
म तिम्रै प्रेम शरीरभरि कुँद्न चाहन्छु !

या म जपिरहुँला तिमीलाई…..जप्दाजप्दै तिम्रो नाम
उल्टिएर प्रशन्न भई जाला नै देउता म तिम्रो मुस्कानलाई पाण्डुलिपी बनाएर लेख्नेछु प्रेमायण
र हिड्नेछु–आफैले नहिडेको बाटो !

या
तिमीलाई प्रेम गर्दागर्दै
आँखा खुल्लै पारि निदाई पो जान्छु कि कुनै दिन
कृपया बन्द नगरिदिनुस ति आँखा
म चाहन्छु–
मेरो आखाँबाट कहिल्यै नहटोस् तिम्रो तस्विर !

या हुन सक्छ यी कल्पनाले धरती छुनु अगावै

तिम्रो आँखाबाट हराई पो जान्छ कि आगो र थोरै
भए पनि फक्रि दियो भनेँ जून म भुकम्पित हुनेछु तिम्रो धरतिमा समुन्द्र जसरी अड्डिने छु
तिम्रो हत्केलाभरिको रातमा !

ओ बादल जस्तो मन
नथाक्नु
उड्नु
प्रेमको क्षितिज छोएर
सग्लो पागलपन समेट्न
म हेरूलाँ टुक्रा टुक्रा आफूलाई तिम्रो आखाँमा
समय चुपचाप
जम्ने छ हाम्रो बन्द हत्केलाभित्र
ऐनाको छातीमा टल्किएको काँचो घाउ
हाम्रो हुनेछ
तर
तिम्रो आँखामा हुने छैन मेरो लागि आगोका हरफहरु

सम्बन्धित खवर