कबिताः ईश्वरको असामयिक निधन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

कबिताः ईश्वरको असामयिक निधन

साङसेन पन्धाक

आबो … उठ्नु छ
आदिम दर्शनहरुको घेराहरुबाट
भत्काउँदै भ्रमका पिंन्जडा पर्खालहरु,
धर्मले बाँधेर शताब्दीयौं
कैदी भएका मनहरुलाई
उडाउनु छ
विचारको खुल्ला आकासमा,
आस्थाहरुको हत्कडीले
अपांग भएका चेतनाहरुलाई
ब्यूँझाउनु छ बिद्रोहको जवान मञ्चहरुमा,
आख्यानको ओडारमा भेटाइएका
ज्यानमारा नायकहरुको अवशेष
अझै किन जप्न लगाउँछन निरांकुश मन्त्रहरु…?
आस्थाहरुका भित्ताहरुमा
पुजारीहरु अपहरणको सूचना टाँस्दै
किन चन्दाहरुको आतङ्क मचाउँछन् …?
पुरोहितहरु
मुर्ती देखाउँदै किन गरीब वस्तीहरु तर्साउँछन् …?

म सोच्दै छु
यो बेलासम्म हामी किन डरायौ
पुराणहरुको चिहान उत्खनन् गर्न ?
किन डरायौ विचारका नयाँ नयाँ
पुस्तक एकाध पल्टाउन ?

पुरुषहरुको आँगनमा
हे कृष्ण हे कृष्ण भन्न लगाएर
किन ईश्वरीय बिम्ब
यसरी बलात्कार गर्दै हिड्छ पुरुषहरुकै श्रीमतीहरु…?

दुःखहरुको मिथ्या पर्वत
पल्टाउँदा पल्टाउदै
यहाँ मान्छे स्वार्गको लालचमा
कहिलेसम्म पसिनाहरुको तलाउ भित्र आत्मादाह गर्छन ?

भगवान नै वैरो नभएका भए
सायद सुन्थे होलान गरीब दुःखीहरुका
असंख्य चित्कारहरु,
ओ धर्म गुरुहरु हो
अत्यचारले झुपडीलाई फाँसी चढाउँदा
कहाँ हराए मन्त्रहरुमा
उफ्रदै गरेको जिउँदो ईश्वरहरु ?

यसरी
ग्रन्थहरुका निराङ्कुश शब्दहरुले
थिचिएर मान्छेहरु अन्धा नभएको भए
सायद देख्थे होलान
मिलन बिन्दुका तन्नेरी घामहरु,

विचारको एउटा कुवामा डुबेर
अरु धर्मग्रन्थ छुनै नमान्नेहरुले
खै कसरी छुनछन
मान्छेका प्रेमिल प्रेमिल मनहरु?
मित्रताको एक अंगालो जुनहरुले
खै कहिले स्पर्श गर्लान् अध्यारो बस्तीहरु?

मान्छे विज्ञानको महोत्सवहरुमा
बासी प्रवर्चनहरुको डिभीडी
खोज्दै खोज्दै हिँड्छन ,

मान्छेले पहिले इश्वर बनायो
त्यस पछि इश्वरले नै मान्छेलाई
यस्तो पो बनायो………..कि ?

होइन भने
धर्म यूद्धहरुको घोषणा गरेर
किन गुन्जाइ रहन्छन
वेदनाका अनन्त संगीतहरू,

अब पसिनाहरुको सुगन्ध फैलाउँदै
पुराणहरुको आख्यान नगरमा
उभ्याउनु छ मजदुरहरुको लावा लस्कर ,
हृदयका क्यान्भासहरूमा
प्रेमले पोतेर
निरन्तर बर्षाउनु छ प्रेमको झर्ना,

ईश्वरको असामयिक निधनमा
रुँदै गरेका पादरीहरुलाई ,
चिच्याउँदै गरेका पुजारीहरलाई,
आँसु झार्दै गरेका धर्म अनुयायीहरुलाई,

देखाउनु छ ग्रन्थ ग्रन्थहरुमा ईश्वर
उभ्याउने ज्यूँदा स्रष्टाहरु ।

सम्बन्धित खवर