प्रथम अन्तराष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकप जेष्ठ १२ देखि हुने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, जेठ ०९, २०८१

प्रथम अन्तराष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकप जेष्ठ १२ देखि हुने

मोरङको पथरी शनिश्चरेमा प्रथम अन्तराष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता जेष्ठ १२ देखि २१ गतेसम्म पथरी शनिश्चरे १ स्थित जाते माेडमा रहेको  प्रस्तावित पथरी रंगशालामा हुने आयाेजकले जानकारी दिएको छ ।

प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमलाई क्रमस ४ र २ लाख नगद सहित ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजक समितिको सचिव मणि लुम्फुवा लिम्बुले बताए । बिहिबार आयोजक पथरी—११ ले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता अन्तिम तयारीमा रहेको जानकारी गराएको छ । प्रतियोगितामा ‘ए’ चार ओटा डिभिजन, भारतको एक र आयोजक सहित १० टिम सहमागीता हुने आयोजक समितिका खेल संयोजक सुमन बिकले बताए ।

गोल्डकप सम्पन्न गर्न  लाग्ने अनुमानि आम्दानी र खर्च विवरण समेत प्रस्तुत भएको थियो । १०/ ११ बर्ष पछि पथरी शनिश्चरेमा गोल्डकप फुटबल प्रतियोगिता हुन लागेको हो । १० बर्ष अघि पथरीमा दुई वटा गोल्डकप र दुई बर्ष अघि दुई वटा पथरी शनिश्चरे नगर स्तरीय फुटबल प्रिमियर लिग प्रतियोगिता भएको थियो ।

खेलकुदको विकास संगै नगरको पहिचान र खेलाडीको प्रतिभा पहिचान गर्ने उदेश्यले खेल गर्न लागेको आयोजकको भनाई छ । फुटवलको माध्यबाट राष्ट्रिय खेलाडी दिपक राई, महिला खेलाडी सरु लिम्बु र ‘ए’ भिडिजन क्लवबाट खेलिरहेका फुटबल खेलाडी साइमन लिम्बू, मिन धिमालले पथरी शनिश्चरे नगरको नाम राख्न सफल भएका छन ।

सम्बन्धित खवर