सात बाघलाई पहिलो गासमै ढुङ्गा, उद्घाटन खेलमा रोयल किङ बिजयी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • मङ्गलबार, जेठ ०८, २०८१

सात बाघलाई पहिलो गासमै ढुङ्गा, उद्घाटन खेलमा रोयल किङ बिजयी

साइनो समाचारदाता/पथरी, ११ कार्तिक
पथरी शनिश्चरे प्रिमियर लिग क्रिकेट चौथो संस्करणको उद्घाटन खेलमा रोयल किङ विजयी भएको छ ।  शुकबार सुरु भएको उद्घाटन खेलमा ३४ रनले डिफेन्डीङ च्याम्पीयन सात बाघलाई पछि पार्दै रोयल किङ विजयी भएको हो । रोयल किङले विजयी सुरुवात संगै डिफेन्डीङ च्याम्पीयन सात बाघलाई पहिलो खेलमै धक्का लागेको छ ।


टस हारेर ब्याटिङमा उत्रीएको रोयल किङले २० ओभरमा ८ बिकेट गुमाएर १३४ रन बनाएको थियो । रोयलका लागि शिवम यादबले नट आउट ३७ बनाउदा महेश कार्कीले २७ रन बनाए । यस्तै संन्जय प्याक्राले १७ रन बनाए । सातबाघ लागी फिर्दोस अन्सारीले ४ बिकेट लिदा अस्विन महतले ३ बिकेट लिए ।

१३५ रनको मध्यम लक्ष्य लिएर मैदान उत्रिएको सात बाघ १७ ओभर ५ बलमा अल आउट हुँदै १०० रनमा समेटियो । सातबाघका लागि फिर्दोस अन्सारीले २६, अस्विन महतले २५ र पुकार राईले १७ रन बनाउन बाहेक अन्य खेलाडिले दोहोरो रन जोडन सकेन्न । रोयलका शिवन यादब, राज बस्नेत, दिवस राजबंशी र सुवास भण्डारीले समान २/२ बिकेट लिए ।

खेलको म्यान अफ दि म्याच रोयलका शिवन यादब घोषित भए । प्रतियोगीताको विजेताले १ लाख ३१ हजार रुपयाँ र ट्रफि प्राप्त गर्ने छ भने उपविजेताले ७१ हजार १ सय ११ रुपयाँ प्राप्त गर्ने छ । कार्तिक २५ गते सम्म सन्चालन हुने प्रतियोगीताको नगरका प्रमुख मोहन प्रसाद तुम्वापोले उदघाटन गर्नु भएको थियो ।

सम्बन्धित खवर