गोपाल काफ्ले/पथरी, ४ कार्तिक
आज बेलबारी गोल्डकपको फाइनलमा बिर्तामोड युथ क्लव झापा र ब्रिग्रेड ब्याइज काठमाडौ भिडने भएका छन । हिजो शुक्रवार भएको अन्तिम सेमिफाइनलमा सहलेस युथ क्लब सिरहालाई सडनडेथमा पराजित गर्दै बिर्तामोड झापा फाइनलमा प्रबेश गरेको हो ।

सडनडेथमा कोमल खवासले गोल गर्न चुक्दा सहलेस सिराहा पराजित भएको हो । सडनडेथमा बिर्तामोडका जीवन गुरुङले गोल गर्दै टिमलाई फाइनल सम्म र्पुयाए हुन ।
पहिलो हाफमै लिएको अग्रता जोगाउन नसक्दा सहलेस निरास बन्यो । खेलको १९ औं मिनेटमा फोडे फोफनाको गोल मार्फत सहलेस सिराहाले अग्रता लिएको थियो । सहलेस सिराहा विशाल घलानले प्रहार गरेको फ्रीकिकलाई फोफनाले हेड मार्फत गोल गरेका थिए । दोस्रो हाफमा झापाका आशिष चापागाईंले गोल गर्दै खेल बराबरीमा ल्याए ।

निक्कै आक्रमक खेल खेलेको सहलेसले गोलका अबसर पाए पनि थप गोल गर्न सकेन । झापाका आशिष चापागाईंले खेलको ५९ औं मिनेटमा फ्रीकिक मार्फत गोल गरे । १५ याड टाडामा पाएको फ्रीकिकलाई दोश्रो बार च्याप्दै गोल गर्दा सहलेशका गोल किपर अनिश देउलाले स्तब्द बने ।
खेल बराबरीमा टुङिएपछी ट्राइबेकर तर्फ धकेलिएको थियो । ट्राइबेकरमा सिरहाका प्रबेश दनुवार, कुलदिप कार्की र फोफना इब्राइमले गोल गर्दा एकराज बुढाथोकी र बिदेशी खेलाडी फैजलको प्रहार बिर्तामोडका गोल किपर बिबेक मगरले बचाए थिए । बिर्तामोडका समीर गुरुङ, आशिष चापागाईं र विशाल दर्जीले गोल गरे । अभिषेक गुरुङको प्रहार पोलमा ठोकिएर बाहिर गयो भने गोल किपर बिबेक मगरको प्रहार गोलकिपर अनिश देउलाले बचाए ।

खेलको म्यान अफ द म्याच बिर्तामोडका आशिष चापागाई घोषीत हुर्दै नगद ५ हजार प्राप्त गरे । आज शनिबार हुने फाइनल खेलमा ब्रिग्रेड ब्याइज क्लब काठमाडौ र बिर्तामोड युनाइटेड झापा बिच हुने छ । प्रतियोगिताका बिजेताले ८ लाख नगद र ट्रफी प्राप्त गर्ने छ भने उपबिजेताले ५ लाख नगद र ट्रफी प्राप्त गर्ने छ ।
















