हाम्रो फाउण्डेसनद्धारा खेलकुद सामाग्री सहयोग - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

हाम्रो फाउण्डेसनद्धारा खेलकुद सामाग्री सहयोग

पथरी श्रावण ५ – ‘शिक्षा र परोपकार हाम्रो सरोकार’ भन्ने मुल नारा लिएर लामो समयबाट सामाजीक काममा सक्रिय रहँदै आएको हाम्रो फाउण्डेसनले खेल सामाग्री वितरण गरेको छ ।


लागु पदार्थ दुव्र्यसनीबाट युवालाई मुक्त गर्ने उदेश्यका साथ आज पथरी शनिश्चरे रंगसालामा एक कार्यक्रमको आयोजना गरी फाउण्डेसनले नगरपालिका भित्र रहेर फुटबल खेलीरहेका विभिन्न वडाका ६ वटा भन्दा बढी फुटबल क्लवलाई खेल सामाग्री हस्तान्तरण गरेको हो ।फाउण्डेसनले २० वटा फुटबल, विफ ३५ थान, कोन साथै मार्कर २५ थान सहयोग गरकोे हो । धेरै खेलाडीलाई प्रशिक्षण गराँउदै आएका क्लवलाई २ वटा फुटबलको साथै विफ, मार्कर र कोन बितरण गरीएको थियो भने कम खेलाडी भएको क्लवलाई एक एक वटा बल हस्तान्तरण गरीएको थियो ।


प्रवासमा रहेका नेपालीहरुको साथको कारणले फाउण्डेसनले सहयोग गर्न पाएकोमा खुसि व्यक्त गर्दै फाउडेसनका संस्थापक तथा पुर्व खेलाडी प्रदीप कुमार राईले युवाको विकास र उत्थानमा सबैको सहयोग अपरीहार्य रहेको बताउनुभयो । अभावका बावजुत खेल खेलरिहेका स सना खेलाडीको भविष्य सुनिश्चीततामा नगर थप जिम्मेवार रहनुपर्ने वहाँको धारणा रहेको थियो ।


हस्तान्तरण कार्यक्रममा बोल्दै ईलका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मी प्रसाद भण्डारीले पथरी शनिश्चरेमा लागु औषधको प्रयोगकर्ता बढीरहेको र समाजमा नराम्रो घटना बढेकाले यस्बाट टाढै रहन आग्रह गर्नुभयो । क्षणीक आनन्दको लागी लागु औषध प्रयोग गर्दा भविष्यनै बिग्रने भएकाले यस्को प्रयोग नगर्न र प्रयोग गरीरहेकालाई सजग गराउनमा युवाहरुको अहम भुमिका रहने बताउनुभयो ।


यस्तै पथरी शनिश्चरेका पुर्व नगर प्रमुख दिलीपकुमार राईले लागु औषधको बारेमा फाउण्डेसनले गरेको काम सरहनीय रहेको र यस्ता कार्यक्रम ग्रामीण भेगमा पनी सञ्चालन गर्न सके लागु औषध प्रयोगमा नियन्त्रण आउन सक्ने बताउनुभयो ।खेल सामाग्री पाएपछी खेलाडीहरुले आफुहरमा थप उर्जा बढेको बताउदै सहयोगी हाम्रो फाउण्डेसन प्रती धन्यवाद व्यक्त गरका थिए । कार्यक्रममा ग्रासरुढ सहित करीब १ सय ५० जना भन्दा बढी खेलाडीहरुको सहभाता रहेको थियो ।

सम्बन्धित खवर