सप्तरङ्गी युवा क्लब लाई युकेबाट सहयोग रकम प्राप्त - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • मङ्गलबार, जेठ ०८, २०८१

सप्तरङ्गी युवा क्लब लाई युकेबाट सहयोग रकम प्राप्त

दिपेश रोक्का
कानेपोखरी असार १४ – खेलाडी देशका गहना हुन खेलाडीको प्रगतीनै देशको उन्नती हो भन्ने मुल मर्मलाई आत्मासाथ गर्दै युके बाट सप्तरङ्गी युवा क्लब लाई सहयोग रकम प्राप्त भएको छ ।
मोरङको कानेपोखरी गाउँपालिका वडा नं ७ शुक्रबारेमा रहेको सप्तरङ्गी युवा क्लब लाई युकेमा रहनुभएका कानेपोखरीका तेज बैरागी र कृष्ण बैरागीले रु १० हजार रकम सहयोग गर्नुभएको हो । बैरागी द्धयले सप्तरङ्गी युवा क्लबका कप्तान मनोज लिम्बूलाई रकम हस्तान्तरण गर्नु भएको हो । रकम हस्तान्तराण गर्दै तेज बैरागी कृष्ण बैरागीले पछिल्लो समय खेलको क्षेत्रमा सरकारले उदासिनता देखाएको कारण खेलाडि पलायन हुने अवस्था आएको कारण खेलाडिलाई खेल प्रति आकर्षण बढाउन र रहरलाई मारेर बाध्यताको सिकार हुन बाट बचाउन आफुले सकेको सहयोग गरेको बताउनुभयो ।
समाजसेवाको बाटोबाट खेल क्षेत्रमा मात्रै नभएर सबैलाई सक्ने सहयोग गर्ने बहाँहरुको भनाई रहेको थियो । रकम ग्रहणगर्दै सप्तरङ्गी क्लवका कप्तान मनोज लिम्बूले खेलाडीको उज्वल भविष्यको कामना गर्दै गरेको सहयोग प्रती कृतज्ञता जनाउनुभयो । वहाँले सबैको सहयोग जुट्न सके खेल खेलाडीको विकासमा टेवा पुग्ने बताउनुभयो । वहाँले सबैलाई सहयोग गरीदिन आह्वान गर्दै खेलाडिको खेल प्रतीको लगावलाई घट्न नदिन आफ्नो तर्फबाट सक्ने काम गर्ने बताउनुभयो । हाल सप्तरङ्गी युवा क्लबमा १८ जना खेलाडीले फुटबल प्रशिक्षण गर्दै आएका छन् ।

सम्बन्धित खवर