पथरी,- रमाइलो फुटवल क्लव विरुद्ध ३–० नतिजा निकाल्दै चुलाचुली फुटवल क्लब प्रथम सिसौली च्यालेन्ज कपको फाइनलमा प्रबेश गरेको छ । चुलाचुलीको जितमा सनम धिमाल, संन्जय धिमाल र संन्देश केशीले एक एक गोल गरे ।
दोश्रो हाफको सातौ मिनेटमा चुलाचुलीका सनम धिमालले त्यसको ७ मिनेट पछि संजय धिमालले र केशीले गोल गर्दै चुलाचुली लाई विजयी वनाए । खेलको म्यान अफ दि म्याच चुलाचुलीका संन्जय धिमाल घोषीत भए । आइतवार आयोजक र सिरीजंघा फुटवल क्लव पथरी विच अन्तिम सेमिफाइनल खेल हुने छ ।