मणिपुर तनावग्रस्त‚ देख्नासाथ गोली हान्ने आदेश - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

मणिपुर तनावग्रस्त‚ देख्नासाथ गोली हान्ने आदेश

पूर्वोत्तर भारतको मणिपुरमा आदिवासी र बहुसंख्यक मेइती समुदायबीच हिंसा भड्किएपछि स्थिति नियन्त्रणमा लिन सेना र असम राइफल्सका जवान खटिएका छन्।

सरकारले गम्भीर अवस्थामा देख्नेबित्तिकै उपद्रवीलाई गोली हान्न आदेश दिएको छ। राज्यका आठ जिल्लामा इम्फाल पश्चिम, काकचिङ, थौबल, जिरिबाम‚ विष्णुपुर‚ चुराचाँदपुर, कांगपोकपी र तेंगनौपाल जिल्लामा कर्फ्यू लगाइएको छ।राज्यभर पाँच दिनसम्म मोबाइल इन्टरनेट सेवा बन्द गरिएको छ। नागा र कुकी आदिवासीले गरेको ऐक्यबद्धता जुलुसपछि बुधबार हिंसा भड्किएको थियो। हिंसा बढ्दै गएपछि नौ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

सरकारले आदिवासी र बहुसंख्यक मेइती समुदायबीच हिंसा भड्किएपछि स्थिति नियन्त्रण गर्न गोली हान्न आदेश दिएको छ। सरकारले सम्झाउँदा र चेतावनी दिँदा पनि स्थिति नियन्त्रणमा नआए ‘देखेमा गोली हान्न’ कारबाही गर्न सकिने उल्लेख छ।

सेनाका प्रवक्ताले सेना र असम राइफल्स चुराचाँदपुर र इम्फाल उपत्यकाका धेरै क्षेत्रमा र काकचिङ जिल्लाको सुगनुमा पनि तैनाथ छन्।
मणिपुरको अवस्थाको अनुगमन गर्ने केन्द्रले र्‍यापिड एक्शन फोर्स ९आरएएफ० को टोली पनि पठाएको छ। सुरक्षाबलले हिंसा प्रभावित क्षेत्रबाट हालसम्म ९ हजार मानिसलाई सुरक्षित स्थानमा सारेको प्रवक्ताले बताए।

उनले थप मानिसलाई सुरक्षित स्थानमा लाने काम भइरहेको बताए। चुराचाँदपुरमा सुरक्षित गृहमा करिब ५ हजार, इम्फाल उपत्यकामा २ हजार र तेनुगोपाल जिल्लाको सीमावर्ती सहर मोरेहमा २ हजार जनालाई सुरक्षित स्थानमा सारिएको प्रवक्ताले जानकारी दिए।

सम्बन्धित खवर