झन्डै ६० प्रतिशत मत खस्याे’, १२ गतेभित्र परिणाम सार्वजनिक गरिने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • मङ्गलबार, जेठ ०८, २०८१

झन्डै ६० प्रतिशत मत खस्याे’, १२ गतेभित्र परिणाम सार्वजनिक गरिने

आज भएको प्रतिनिधि सभा सदस्यको उपचुनावकाे मतदान सकिएको छ । बारा निर्वाचन क्षेत्र नम्बर २, चितवन निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यको उपचुनाव शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जारी रहेको छ । अहिलेसम्मको प्रारम्भिक विवरणअनुसार समग्रमा झन्डै ६० प्रतिशत मतदान भएको देखिएको छ । जसअनुसार बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा ६४ प्रतिशत, चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा ६३ प्रतिशत र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा ५३ प्रतिशत मतदान भएको छ ।

मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आज बेलुकीदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य हुनेछ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त जानकारीअनुसार बारा–२ का मतपेटिका मतगणनास्थल शिक्षा तालिम केन्द्र कलैयामा राति ८ बजेभित्र, चितवन–२ का मतपेटिका मतगणनास्थल उद्योग वाणिज्य सङ्घको हल भरतपुरमा राति ११ बजेभित्र र तनहुँ–१ को मतपेटिका मतगणनास्थल जिल्ला समन्वय समिति परिसर दमौलीमा राति ११ बजेभित्र ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइको छ ।

मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका २०७९ र मतगणनाबारे आज आयोगले दिएको विशेष निर्देशनबमोजिम दल तथा उम्मेदवारसँग सहमति जुटाई यही वैशाख १२ गतेभित्र परिणाम सार्वजनिक गर्ने गरी मतगणना प्रारम्भ गरिनेछ । चुनावकाे स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट विवाद हुन नदिन र त्यस्तो अवस्था सिर्जना भएमा निर्वाचन विवाद (सुनुवाइ र निरूपण) सम्बन्धी कार्यविधि २०७६ बमोजिम विवाद निरूपण गरी कार्य गर्न आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको आयोगका उपसचिव कमल ज्ञवालीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर