डा.शर्माले एकैदिन गराए तीन स्थानमा निःशुल्क स्वास्थ्य शिविर - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, असार ३२, २०८१

डा.शर्माले एकैदिन गराए तीन स्थानमा निःशुल्क स्वास्थ्य शिविर

मोरङ । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले सोमबार मोरङको क्षेत्र नं. ३ का छुट्टा छुट्टै तीन स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराएका छन् । नोबेल अस्पतालमार्फत डा.शर्माले बेलवारीका दुई र पथरीशनिश्चरेको एक स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी गरिब तथा विपन्न विरामीलाई गाउँमै निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएका हुन् ।

पथरीशनिश्चरे–१ मा छाती तथा फोक्सो रोग र स्त्री रोग सम्बन्धि शिविर सञ्चालन गरिएको छ । शिविरमा नोबेलका छाती तथा फोक्सो रोग विशेषज्ञ प्रा.डा.रामहरी घिमिरे र स्त्रीरोग बिशेषज्ञ प्रा.डा.शान्ति सुवेदी नेतृत्वको डाक्टरहरुको टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेको छ । शिविरमा १५१ जनाको इसीजी, १५२ जनाको रक्त परीक्षण र १९३ जनाको भिडियो एक्सरेसहित ५७४ जनाको स्वास्थ्य परीक्षण गरिएको नोबेलका प्रवन्धक नारायण दाहालले जानकारी दिए । त्यस्तै, मुटुरोगीलाई लक्षित गर्दै बेलवारी–४ बुधबारेमा शिविर सञ्चालन गरिएको हो ।

विरामीको स्वास्थ्य परीक्षणका लागि नोबेलका मुटुरोग बिशेषज्ञ डा.राजेश नेपाल नेतृत्वको डाक्टरहरुको टोली शिविरमा गएको थियो । त्यहाँ १२१ जनाको मुटुको जाँच इको गरिएको छ । यता, बेलवारी–९ डाँगीहाटमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर ३७५ जनाको स्वास्थ्य परीक्षण गरिएको नोबेल अस्पतालले जनाएको छ । पथरीशनिश्चरेको शिविरबाट ४४ जना र बेलवारी–४ को शिविरबाट ५५ जना विरामीलाई थप उपचारका लागि नोबेल अस्पताल रेफर गरिएको छ । उनीहरुलाई नोबेल अस्पताल ल्याउँने र उपचार पश्चात घर पुर्याउँने व्यवस्था पनि डा.शर्माले नै मिलाइदिएका छन् । बेलवारी घर भएका डा.शर्माले आफ्नो चुनावी क्षेत्रसमेत रहेको क्षेत्र नं. ३ मा बर्षौ अघिदेखि नोबेल मार्फत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराउँदै आएका छन् । समाजसेवाका माध्यमबाट लोकप्रियता कमाएका डा.शर्मालाई अहिले नेपाली कांग्रेसले सोही क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वार बनाउँन सर्वसम्मत सिफारिस गरेको छ । डा.शर्मा गत प्रतिनिधि सभा निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेद्वार थिए, तर पराजित भए । चुनाव हारेर पनि डा.शर्मा सो क्षेत्रका जनताको सेवामा नियमित लागिरहेका छन् ।

सम्बन्धित खवर