मोरङको लेटाङबाट तीन जना बालिका बेपत्ता - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

मोरङको लेटाङबाट तीन जना बालिका बेपत्ता

लेटाङ । मोरङको लेटाङमा तीन जना बालिका सम्पर्कविहीन बनेका छन् । शनिबार बिहान ११ बजेतिर घरबाट हिँडेका उनीहरु भोलिपल्ट बिहानसम्म फर्किएका छैनन् ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार लेटाङ नगरपालिका–३ की १३ वर्षीया रक्षा दर्नाल, लेटाङ–४ की १२ वर्षीया अनुष्का राई र १४ वर्षीया सविना राईको अवस्था अहिलेसम्म पत्ता लाग्न नसकेको हो । अघिल्लो दिन घरबाट हिँडेका तीनै जना आज (आइतबार)बिहानसम्म अभिभावकको सम्पर्कमा नआएको श्रेष्ठले बताए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरु फुटबल हेर्न भनेर घरबाट निस्किएका थिए । तर गाउँमा फुटबल प्रतियोगिता आयोजना भएको छैन । अभिभावकलाई ढाँटेर घरबाट निस्किएका उनीहरु कहाँ गए भन्ने बारेमा केही पनि खुल्न नसकेको प्रहरीले जनाएको छ ।
अभिभावक, आफन्त र स्थानीयको सहयोगमा खोजी तीव्र पारिए पनि फेला पार्न नसकिएको डिएसपी श्रेष्ठको भनाइ छ । प्रहरीले घटनाका बारेमा आइतबार बिहान मात्रै जानकारी पाएको हो । श्रेष्ठका अनुसार अभिभावक र आफन्तले रातभर खोजी गर्दा पनि फेला पार्न नसकेपछि प्रहरीलाई घटनाको जानकारी गराएका हुन् ।
‘शनिबार बिहान घरबाट निस्किएका बालिकाहरु साँझसम्म नफर्किएपछि अभिभावक र आफन्तले खोजी थालेछन् । तर रातभर खोज्दा पनि फेला पार्न सकेनन्,’ उनले भने, ‘भोलिपल्ट बिहान मात्रै प्रहरीलाई घटनाको जानकारी गराइयो । प्रहरीमा घटनाको जानकारी नै ढिलो आयो ।’
श्रेष्ठका अनुसार विभिन्न ठाउँमा हुलिया परिपत्र गरेर तीनै जनाको खोजी जारी राखिएको छ । तर सम्पर्कविहीन बनेका बालिकाहरुको अवस्था पत्ता लाग्न नसकेको उनले बताए । तीनै जना लेटाङको शान्ति भगवती माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययरत थिए ।

सम्बन्धित खवर