त्रिशला गुरुङले सार्वजनिक गरिन् प्रेमी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

त्रिशला गुरुङले सार्वजनिक गरिन् प्रेमी

डाक्टर तथा प्रशंसित गायिका त्रिशला गुरुङले आफू प्रेममा रहेको कुरा सार्वजनिक गरेकी छन्। उनले संगीतकार रोहित शाक्यसँग प्रेम सम्बन्धमा रहेको खुलाएकी हुन्।

गायिका त्रिशलाले आफ्नो इन्स्टाग्राममा रोहितसँगको तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘मैले भर्खरै महसुस गरेँ कि हामी लामो समयसम्म साथी बन्न सक्छौं। तिमी मेरो हौ, र तिमीलाई थाहा छ त्यसैले म तिमीलाई मन पराउँछु।’

त्रिशला र रोहित हालै एक सांगीतिक कार्यक्रममा पनि सहभागी भएका थिए। गायिका त्रिशला कभर गीत गाएर चर्चामा आएका थिइन्। उनी पेसाले डाक्टर हुन्। उनी आफ्नो अध्ययन सकेर संगीत क्षेत्रमा फर्किएकी छन्।रोहितसँगको आठवटा तस्बिर सार्वजनिक गर्दै त्रिशालाले आफूहरु धेरै लामो समयसम्मका लागि साथी बन्न सक्ने महसुस भएको बताएकी छिन् । उनले लेखेकी छिन्, ‘हामी लामो, लामो समयका लागि साथी हुन सक्छौँ, मलाई त्यस्तै महसुस हुन्छ । तिमी मेरो हौ र तिमीलाई थाहा छ म तिमीलाई यसैका लागि मन पराउँछु ।’रोहित शाक्य प्रोग्रेसिभ–अल्टरनेटिभ रक ब्यान्ड ‘जिन्दाबाद’ का गायक, गितारिस्ट हुन् । उनी फज फ्याक्ट्री प्रोडक्सनका सह–संस्थापक हुन् । हालको नेपाली साङ्गीतिक बजारमा उनी एक सफलत युवा प्रतिभा रहेका छन् ।

त्रिशाला र रोहितको प्रेम सम्बन्धबारे केही समय अघिदेखि नै चर्चा परिचर्चा हुने गर्दथ्यो । त्रिशाला आफैंले आफ्नो सम्बन्धबारे खुलाएपछि फेसबुकमा धेरैले निकै रमाइला कमेन्ट पनि गरेका छन् । त्रिशालाले प्रेमी सार्वजनिक गरेपछि धेरैले आफ्नो मन टुटेको बताएका छन् । एकजनाले लेखेका छन्, ‘मुटु माथि ढुङ्गा राखी लभ रियाक्ट गर्नुपर्या छ ।’यस्तै अर्का एकजनाले लेखेका छन्, ‘फिलिङ स्याड विद ९९ अदर्स…’यस्तै, अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘म पनि खत्रा गितार सिक्छु अब ।’

यस्तै कतिले रमाइला कमेन्टसमेत गरेका छन् । एकजना फेसबुक प्रयोगकर्ताले लेखेका छन्, ‘यस्तो बाजेलाई हेर्ने भए म ह्यान्डसम भा’को मतलब नै भएन नि बेब ।’ यसमा त्रिशालाले जवाफ दिएकी दिँदै लेखेकी छिन्, ‘तपाईंहरु के सारो फन्नी भा’को हौ ।’यस्तै, अर्का एकजना फेसबुक प्रयोगकर्ताले लेखेका छन्, ‘साँच्चै भन्नुपर्दा रोहित शाक्यको साथ पाउनु भनेको त्रिशालाको भाग्यको कुरा हो ।’अर्कोले लेखेका छन्, ‘मिलेको जोडी, रोहित शाक्य लेजेन्ड म्युजिक कम्पोजर हुन् ।’

सम्बन्धित खवर