काठमाडौंको बौद्धमा ग्यास पड्केर घाइते भएकाहरुलाई सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालीकाले आर्थिक सहयोग गरेको छ ।
केहि दिन अघि सो क्षेत्रमा ग्यास लिक भई पड्कदा सिन्धुपाल्चोक स्थायी घर भएका ५ जना, दोलखा घर भएका १ जना र भोजपुर घर भएका १ जना घाइते भएका थिए । अग्निपिडीतहरुको उपचारमा समस्या भएपछि कांग्रेस नेता मोहन बहादुर बस्नेतको पहलमा घाइतेहरुलाई गाँउपालीकाको तर्फबाट १-१ लाख रुपैया हस्तान्तरण गरिएको हो । त्यस्तै घटनामा गम्भीर घाइते दुई जनालाई भोटेकोशी गाँउपालीकाका आमा समूहले थप २५-२५ हजार उपलव्ध गराएका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा कांग्रेस नेता बस्नेतले आगलागीबाट सिन्धुपाल्चोकका पाँच जना र अन्य स्थानका व्यक्ति पनि घाइते भएको र घाइतेहरुको ग्यास पड्केको कोठामा बस्ने व्यक्तिले नै व्होरेको पाएपछि सहयोग गरिएको जानकारी दिनुभयो । मानविय संवेदनशिलतालाई ख्याल गरि गाँउपालीकाहरुसंग छलफल गरि तत्कालका लागि आर्थिक सहयोग गरिएको उहाको भनाई छ । बौद्धमा ग्यास पड्केर घाइते भएका मध्ये दुई जनाको शरिर ४० प्रतिशत भन्दा बढि जलेको छ । सवै घाइतेहरुको काठमाडौंको सुषमा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
















