साविक बिजेता टेन नवोदयलाई हराउदैँ न्यु स्टार फाईनल प्रवेश - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, जेठ ०५, २०८१

साविक बिजेता टेन नवोदयलाई हराउदैँ न्यु स्टार फाईनल प्रवेश

‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ को सेमिफाइनल खेलमा टेन नवोदयलाई पाखा लगाउँदै न्यू स्टार फाइनलमा प्रवेश गरेको छ ।

मोरङको पथरीशनिश्चरे नगरमा जारी प्रिमियर लिगमा बुधबार भएको पहिलो सेमिफाइनलमा टेन नवोदयलाई २–१ गोलको अन्तरले हराउँदै न्यू स्टार फाइनलमा पुगेको हो । हार सँगै टेन नवोदय लिगबाट आउट भएको छ । टेन नवोदयका जर्सी नम्बर ९ का रोषन माझीले खेलको ४५ औं सेकेण्डमा गोलको खाता खोलेका थिए । खेलको दोस्रो हाफको ५२ औं मिनेटमा न्यू स्टारका जर्सी नम्बर १६ का सन्तोष केसीले १ गोल फर्काउर्दै खेल लाई बराबरी बनाएका थिए । त्यसैगरी खेलको ५७ औं मिनेटमा न्यू स्टारले पाएको कर्नर किकलाई गोलमा परिणत गरेका थिए ।

न्यू स्टारका जर्सी नम्बर २७ का सुरेन्द्र लिम्बुले हानेको कर्नर किक टेन नवोदयका खेलाडी राजन तामाङले गोल बचाउ गर्दा आत्माघाती गोल लागेका थियो । खेलको म्यान अफ द म्याच न्यू स्टारका जर्सी नम्बर ९ का दिपेन माझी घोषित भए । माझीलाई कार्यक्रमका प्रमुख अतिथि मनोजविक्रम शाह, खेल आयोजक समितिका अध्यक्ष सन्जिव गिरी, खेल समितिका सदस्य दिपक पुलामी लगाएतले हस्तान्तरण गरेका थिए । समूह ‘ए’ बाट टेन नवोदय र समूह ‘बि’ बाट न्यु स्टार एफसी विच सेमिफाइनल खेल भएको थियो ।

भोली विहिबारको दोस्रो सेमिफाइनल खेल समूह ‘ए’ बाट शिखर एफसी र ‘बि’ बाट द रियल ब्रदर्श विच हुने आयोजक समितिका सचिव मनि लुम्फुवा लिम्बुले बताए । खेल तालिकामा टेन नवोदयले ७ अंक जोडेको थियो भने द रियल ब्रदर्शले पनि ७ अंक जोडेको छ । शिखर एफसी र न्यु स्टारले भने ६–६ अंक जोडेका छ्न । यस अघि लिग चरणबाट वाइएफसी, वाइजिएफटी, सिरिजङ्गा र देविगन्ज एफसीले खेल तालिकामा कम अंक क्रमशः ३, १, ३ र १ अंक मात्र जोड्दै बाहिरिएका थिए ।

लिगको प्रतियोगितामा विजेता टिमले २ लाख ५१ हजार, उपविजेताले १ लाख ५१ हजार, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै विधागततर्फ बेष्ट गोलकिपर, बेष्ट डिफेन्स, बेष्ट मिड फिल्डर, बेष्ट फरवार्ड, हाई स्कोर, बेष्ट कोच, राइजिङ प्लेयरले ७ हजार ५ सय र ट्रफी प्राप्त गर्नेछन् ।प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १२ हजार ५ सय र ट्रफी प्राप्त गर्ने आयोजक समितिका उपाध्यक्ष बिक्की राईले बताए ।

सम्बन्धित खवर