शिखरलाई हराउदै टेन नवोदय ग्रुप ए को शिर्ष स्थानमा - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

शिखरलाई हराउदै टेन नवोदय ग्रुप ए को शिर्ष स्थानमा

साइनाे समाचारदाता/ पथरी – मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को आज शुक्रबारको खेल टेन नवोदयले जितेको छ ।

तेश्रो चरणको पहिलो खेलमा शिखर एफसीलाई १-० को गोल अन्तरले हराउँदै टेन नवोदयले जित निकालेको हो । जितसँगै टेन नवोदय समूह ‘ए’ को अग्रस्थानमा रहको छ । नवोदयले खेल तालिकामा ७ अंक जोड्यो । पहिलो चरणको खेलमा वाइएफसीलाई पराजित गर्दै ३ र दोश्रो चरणको खेलमा वाइजिएफटीसँग बराबरी खेली १ अंक बाड्ँदै नवोदयले ४ अंक जोडेको थियो ।

त्यस्तै, आजको तेश्रो चरणको खेलमा शिखर एफसीलाई हराउँदै ३ अंक सहित जम्मा ७ अंक जोडेर नवोदय समुहको अग्रस्थानमा रहेको छ । यसैगरी, शिखर एफसी खेल तालिकामा ६ अंक जोड्दै समुहको दोश्रो स्थानमा रहेको छ । शिखरले पहिलो र दोश्रो चरणको खेलमा क्रमश वाइजिएफटी र वाइएफसीलाई हराउँदै खेल तालिकामा ६ अंक जोड्न सफल भएको हो भने आजको खेलमा हार बेहोर्दै कुनै अंक जोड्न सकेन।

खेलमा टेन नवोदयका लागि ६९ औं मिनेटमा पेनाल्टी मार्फत मीन धिमालले पहिलो गोल गरे । नवोदयका सबिन लिम्बूलाई विपक्षीका खेलाडीले डिबक्स एरिया भित्र लडाएपछी पाएको पेनाल्टिलाई सदुपयोग गर्दै धिमालले गोल गरेका थिए । शिखर एफसीले खेलमा पाएको केही अवसरहरू गुमाउन पुगेको थियो । धिमालले गरेको सो १ गोलनै निर्णायक बन्दैँ नवोदयले जित निकालेको हो । आज खेलमा विजेता टिममा मीन धिमाल म्यान अफ दि म्याच घोषित भए । उनले ट्रफी र मेडल सहित नगद ३ हजार प्राप्त गरे ।

सम्बन्धित खवर