मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग अन्तर्गत पाँचँै दिनको खेलमा टेन नवोदय फुटबल क्लव र वाईजीएफटिले अंक बाडेका छन् ।
दोश्रो चरणको पहिलो खेल समूह ‘ए’ बाट वाईजिएफटी र टेन नवोदयका बीच स्पर्धा भएको हो । पहिलो चरणको खेलमा ३ अंक लिएको टेन नवोदयले दोस्रो हाफको ३ मिनेटमा जर्सी नं २३ का मीन धिमालको गोलमार्फत अग्रता लिएको थियो । दोस्रो हाफको अतिरिक्त समयमा वाईजीएफसीका टिम क्याप्टेन जर्सी नं १७ का सन्जय लिम्बुले गोल गर्दै बराबरीमा पुर्याएपछि दुवै टिमले बराबरी अंक बाँडेका हुन् ।
टेन नवोदय एफ सी को ४ अंक भएको छ भने वाई जी एफ सीको १ अंक पाएको छ । म्यान अफ द म्याच वाई जी एफ सीका टिम क्याप्टेन सन्जय लिम्बु घोषित भएका छन् । उनले ट्रफी र मेडल सहित नगद ३ हजार रुपैयाँ प्राप्त गरेका थिए । प्रतियोगीतामा बिजेता हुने टिमले २ लाख ५० हजार ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछ भने द्धितीय हुने टिमले १ लाख ५१ जार प्राप्त गर्ने छ । लिगको टाइटल स्पोन्सर इन्ट्रा नेशनल वेलफेर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको रहेको आयोजक कमिटीका अध्यक्ष सन्जीब गिरीले बताए ।