द रियल ब्रदर्श विजयी - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

द रियल ब्रदर्श विजयी

मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग अन्तर्गत चौथो दिनको खेलमा द रियल ब्रदर्श फुटबल क्लव विजयी भएको छ ।

आज भएको खेलमा न्यु स्टार फुटबल क्लवलाई ३ ० गोल अन्तरले पराजित गर्दै रियल ब्रदर्श विजयी भएको हो । खेलको ३२ औं मिनेटमा पाएको फ्रि किकलाई सदुपयोग गर्दै ब्रदर्शका जर्सी नम्बर १० सुरज सिवाले पहिलो गोल गर्न सफल भए । खेलको ३८ औँ मिनेटमा द रियल्स ब्रदर्शका लागी जर्सी नम्बर ४ का समिर याख्खाले दोस्रो गोल गरे भने खेलको ६१ औँ मिनेटामा अंकीत लिम्बुले तेस्रो गोल गर्दै टिमलाई ३ ० को जीत दिलाउन सफल भए । यता न्यु स्टार ले पाएको विभिन्न अवसरलाई सदुपयोग गर्न सकेन ।

आजको खेलको म्यानअफ दम्याच रियल ब््रादरका समिर याख्खा घोषित हुँदै ३ हजार रुपैयाँ प्राप्त गरे । भोलि सोमबारको खेल टेन नवोदय फुटबल क्लव र वाईजीएफटि बिच हुने छ । प्रतियोगीतामा बिजेता हुने टिमले २ लाख ५० हजार ट«फि मेडल प्रमाणपत्र प्राप्त गर्नेछ भने द्धितीय हुने टिमले १ लाख ५१ जार प्राप्त गर्ने छ । लिगको टाइटल स्पोन्सर इन्ट्रा नेशनल वेलफेर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको रहेको आयोजक कमिटीका अध्यक्ष सन्जीब गिरीले बताए ।

सम्बन्धित खवर