पथरीशनिश्चरे फुटबल प्रिमियर लिगमा टेन नवोदय विजयी - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

पथरीशनिश्चरे फुटबल प्रिमियर लिगमा टेन नवोदय विजयी

मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ को दोस्रो दिन खेलमा टेन नवोदय एफसी विजयी भएको छ ।

शुक्रबार भएको खेलमा वाईएफसीलाई १–३ गोलको अन्तरले टेन नवोदय विजयी भएको हो । खेलको ३८ औं मिनेटमा जर्सी नम्बर १० का विबेक लिम्बुले एक गोल लगाउदै गोलको खाता खोलेका थिए । खेलको ५३ औ मिनेटमा वाईएफसीका जर्सी नम्बर ४ का भीषण राईले विपक्षीले हानेको गोल बचाउ गर्दा आत्माघाती गोल गरेका थिए ।

 

खेलको ६८ औं मिनेटमा जर्सी नम्बर ८ का सुवाष राईले १ गोल फर्काएका थिए । टेन नवोदयले निकै दवाफ राखेका वाईएफसीका भीषण राईले ६८ मिनेट जादा खेललाई १-२ अक बनाउन सफल भए । त्यसैगरी खेलको ७७ औ मिनेटमा वाईएफसीका जर्सी नम्बर ३ का अमृत राईले विपक्षीबाट आएको गोल बचाउन खोज्दा आत्माघाती गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच टेन नवोदयका विबेक लिम्बू घोषित भए । कार्यक्रममा लिगको टाइटल स्पोन्सर इन्ट्रा नेशनल वेलफेर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको रहेको छ । भोलि शनिबारको खेल देवीगन्ज एफसी र सिरिजगा एफसी बिछ हुने आयोजक कमिटीका अध्यक्ष सन्जीब गिरीले बताए ।

सम्बन्धित खवर