नवज्योति च्यालेन्ज कप फुटबलकाे उपाधि माने भञ्ज्याङ्काे पोल्टामा - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

नवज्योति च्यालेन्ज कप फुटबलकाे उपाधि माने भञ्ज्याङ्काे पोल्टामा

नारायण रिजाल

झापा फागुन २० – सातौँ नवज्योति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधि माने भञ्ज्याङ् फुटबल क्लब (दार्जीलिङ) ले हात पारेकाे छ।

झापाको बुद्धशान्ति २ आदर्श मावि जयपुरको खेल मैदानमा भएको खेलमा माने भञ्ज्याङ् फुटबल क्लब (दार्जीलिङ) ले ३-० को गोल अन्तरले बिर्तामोड युनाइटेड फुटबल क्लबलाई हराएको हो । पहिलो हाफसम्म दुबै टिमको गोलको प्रयास बिफल भयो भने दोस्रो हाफको अन्त्य तिर दार्जीलिङ्गका जर्सी नं. १६ का खेलाडी अशोक राईले बिर्तामोड विरुद्ध पहिलो गोल गरे भने लगतै अशोक राईले फेरी अर्को गोल गरेका थिए ।

तेस्रो गोल जर्सी नं. ११ का सामतन कर्मकरले गर्न सफल भएका थिए । प्रतियोगिताकाे विजेताले नगद १ लाख ५० हजार, ट्रफि र प्रमाण पत्र तथा उपविजेताले नगद ७५ हजार, ट्रफि र प्रमाण पत्र प्राप्त गरेका थिए । साथै टिकटबाट रु ५,७३,९९० र दाताबाट रु ३४,५९,७६८ प्राप्त भएको र खर्च रु १८,२७,४७५ तथा बचत रु २२,१६,२८३ भएको आयोजकले जानकारी दिएकाे छ।

सम्बन्धित खवर