नवज्योति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण सुरु,बिर्तामोडको जित - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

नवज्योति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण सुरु,बिर्तामोडको जित

शुक्रबारदेखि जारी पाँचौं नवज्योति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण सुरु भएको छ ।

 

आज भएको पहिलो सेमीफाइनल खेलमा बिर्तामोड युनाइटेड फुटबल क्लबले जित निकालेकाे छ । झापाको बुद्धशान्ति २ आदर्श मावि जयपुरको खेल मैदानमा भएको खेलमा बिर्तामोड युनाइटेड फुटबल क्लबका २-१ को गोल अन्तरले नवज्योति युवा क्लबलाई हराएको थियो । खेल सुरु भएको केही मिनेटमा बिर्तामोडका खेलाडी पुजन राईले नवज्योतिका विरुद्ध गोल गरेका थिए भने पहिलो हाफको अन्तिम समयमा बिशाल राईले अर्को गोल गरे ।

 

खेलको दोस्रो हाफ सुरुवातको केही मिनेटमै आयोजक नवज्योतिका अनुज क्षेत्रीले एक गोल फर्काए । सेमी फाइनल खेलको म्यान अफ द म्याच बिर्तामोडका तर्फबाट सौरभ लिम्बु घोषित भए । उनले नगद पाँच हजार पुरस्कार प्राप्त गरे । प्रतियोगिता फागुन २० गते समापन हुनेछ। प्रतियोगितका विजेताले नगद १ लाख ५० हजार तथा उपविजेताले नगद ७५ हजार प्राप्त गर्नेछन्।

सम्बन्धित खवर