जहदा भेट्रानसको उद्घाटन खेलमा हाम्रो धरान भेट्रानस विजयी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, जेठ ०७, २०८१

जहदा भेट्रानसको उद्घाटन खेलमा हाम्रो धरान भेट्रानस विजयी

साइनाे समाचारदाता पथरी/ मोरङको कानेपोखरी गाउँपालिका जहदामा सुरु भएको जहदा भेट्रानस गोल्डकपको उद्घाटन खेलमा हाम्रो धरान भेट्रानस सुनसरी विजयी भएको छ । एभरेष्ट भेट्रनस मोरङलाई ट्राइबेकरमा २–४ गोल अन्तरले पराजित गर्दै धरान भेट्रानस विजयी भएको हो ।

निधारित समय १/१ गोलको बराबरी भए पछि खेल ट्राइबेकरमा धकेलिएको थियो । खेलको पहिलो हाफ गोल रहित बराबरी भए पनि दोस्रो हाफको २ मिनेटमै धरान भेट्रानसका लागि जनक सुनुवारले गोल गर्दै अग्रता लिएका थिए । खेलमा धरान भेट्रनसले अग्रता लिए पनि जितका लागि ट्रइबेकर सम्म कुर्नु परेको थियो । एभरेष्ट भेट्रानसका भुवन सिह राईले दोस्रो हाफको १५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए ।
ट्राइबेकरमा धरान भेट्रानका सुमन केसी, जनकराज सुनार, तिर्थराज मगर र योगेन्द्र राईले गोल गरे भने एभरेष्टका लागि प्रेम घिमिरे, डिल्लिराम श्रेष्टले गोल गर्दा भुवन सिह राई र बद्रि विष्टको प्रहार बाहिरिएको थियो ।

खेलको म्यान अफ द म्याच हाम्रो धरान भेट्रानसका जनक सुनुर घोषित हुदै नगद १५ सय प्राप्त गरे । भोलि सोमाबारको खेल आयोजक जहदा भेट्रानस जहदा र मनिङ भेट्रानस विराटनगर विच हुने खेल संयोजक डेनि राईले जानकारी दिए ।

जहदा भेट्रानस जहदाको आयोजनामा सुरु भएको भेट्रानस गोल्डकपमा मोरङ, झापा र सुनसरीका ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलिले नगद १ लाखका साथ ट्रर्फि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उप विजेता हुने टोलिले नगद ५१ हजारका साथ ट्रर्फि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

जहदा रंगशालामा कार्तिक २८ गतेबाट सुरु भएको प्रतियोगिताको उद्घाटन प्रदेश नं. १ का संसद सुयर्माराज राईले गर्नु भएको छ । । नव प्रगतिशिल समाज सेवा क्लव संरक्षक रहेको प्रतियोगिताको मुख्य प्रायोजक नमस्ते टेडर्स मकाउका किरण श्रेष्ठ गरेका छन भने सह–प्रायोजक लुम्बिनी रेष्टुरेन्ट एण्डबार साउथ कोरियाकी परि गुरुङ र कानेपोखरी गाउँपालिका कानेपोखरीले रहेको छ ।

 

सम्बन्धित खवर