चौथो अन्तराष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप
साइनाे समाचारदाता पथरी/ बेलबारी गोल्ड कप २०७८ अन्तरगतको दोस्रो क्वाटर फाइनल खेलमा सशस्त्र प्रहरी बल काठमाण्डौ विजयी भएको छ । सशस्त्र प्रहरी बल काठमाण्डौले भारतको आमुतm परिवार वेष्ट वंगाललाई ० का विरुद्ध ५ गोलको फराकिलो गोल अन्तरले पाखा लगाउदै सेमिफाईनल प्रबेश गरेको हो ।

सशस्त्र प्रहरी बल काठमाण्डौका लागि खेलको २२ औं मिनेट आभाश लामिछाने गोलको खाता खोलेका थिए । एक पछि अको दवावमा राखेको सशस्त्र प्रहरी बल काठमाण्डौले खेलको २३ औं मिनेटमा आवाश लामाले सानो डिबक्स भित्रबाट प्रहार गरेको बल बाहिरिएको थियो । त्यस्तै सनिस श्रेष्टको २६ र ३६ औं मिनेटमा पाएको फ्री बल समेत गोल गर्न सकेन्न । खेलको ४४ औं मिनेटमा प्रदिप लामा गोल गर्दै अग्रता दोब्बर पारे ।
पहिलो हाफमा २–० गोल अन्तरले पछि परेको वेष्ट वंगालले खेलमा र्फकन सकेन । दोस्रो हाफमा ए पि एफका आशिस लामाले ब्याक्तीगत २ गोल गरे भने सविन गुरुङले १ गोल गर्दा ए पि एफले खेल ५–० को फराकिलो गोल अन्तरले जित्न सफल भयो । आशिस लामाले खेलको ४९ र ८१ औं मिनेट गोल गरे भने सबिन गुरूङले ७५ औं मिनेटमा गोल गर्न सफल भए ।
सशस्त्र प्रहरीले प्रतियोगिता जितिरहदा ४ ओटा एल्लो कार्ड पाएको । सशस्त्र प्रहरीका सनिस श्रेष्ट, प्रदिप लामा, दिपेश धिमाल र नविन लामाले एल्लो कार्ड पाएका थिए ।

खेलको म्यान अफ द म्याच सशस्त्र प्रहरी बल काठमाण्डौका आशिस लामा घोषित हुदै भए । लामालाई कार्यक्रमका प्रमुख अतिथी प्रहरी बरिष्ठ उपरिक्षक प्रदेश नं २ तालिम केन्द्र प्रमुख केदार ढकाल ज्युले नगद ५ हजार ५ सय र ट्रफि प्राप्त गरे गर्नु भएको छ ।
कार्तिक १३ गते तेस्रो क्वाटर फाइनल खेल हिमालयन शेर्पा क्लब काठमाण्डौ र गाइघाट फुटबल क्लब उदयपुर विच हुने छ ।
प्रतियोगितामा विजेता टिमले ५ लाख र उपविजेता टिमले २ लाख ५० हजार रूपैयाँ नगद पुरस्कार पाउने छन् । त्यसबाहेक प्रत्येक खेलमा म्यान अफ दी म्याचले ५ हजार ५ सय, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ३१ हजार, सर्वाधिक गोलकर्ताले २१ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिल्डफिल्डर, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले ११÷११ हजार रूपैयाँ नगद पुरस्कार पाउने छन् ।


प्रतियोगितामा नेपाल र भारतका ८ वटा टिमको सहभागिता रहने छ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौं, हिमालयन शेर्पा क्लब, च्यासल क्लब, आयोजक डीवाईसी मोरङ, रोलिङ क्लब झापा, गाईघाट फुटबल क्लब उदयपुर, राजारानी क्लब धनकुटा र भारतको रोयल फुटबल क्लब सिलिगुडीले प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएको छ ।
















