काङ्ग्रेसकाे १४औं महाधिवेशन राष्ट्रिय राजनीतिक दृष्टिकोणले पनि महत्त्वपूर्ण छ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, बैशाख ०२, २०८१

काङ्ग्रेसकाे १४औं महाधिवेशन राष्ट्रिय राजनीतिक दृष्टिकोणले पनि महत्त्वपूर्ण छ

नेपालको सबैभन्दा ठुला राजनीतिक दलहरू मध्येको नेपाली काङ्ग्रेस पार्टीको आसन्न १४ औं महाधिवेशनको परिचर्चाले राष्ट्रिय राजनीति तातिरहेको परिप्रेक्षमा स्वयम काङ्ग्रेसको लागि भने पार्टीको आन्तरिक विधी र प्रणालीमा प्रजातान्त्रिक अभ्यास कस्तो अवस्थामा छ त ? भन्ने गम्भीर समिक्षा, मुल्यांकन र विश्लेषण गर्नुपर्ने अवस्था काङ्ग्रेस पार्टी भित्र छ । नेपाली माटोमा बैचारिक–सैद्धान्तिक रूपमा प्रजातान्त्रिक समाजवादको वकालत गर्ने एक मात्र दलको दाबी स्व–घोषितरुपमा गरिरहँदा नेपाली समाज र देशको वस्तुस्थिति, आवश्यकता र यथार्थतालाई काङ्ग्रेस पार्टीले कति बुझ्न र आत्मासात गर्न सक्यो त ! आधारभुत नेपाली जनताको प्रतिनिधित्व र नेतृत्व गर्ने वास्तविकतासँग काङ्ग्रेसले आफ्नो पार्टी संगठन र आन्तरिक राजनीतिक संस्कारको निर्माण गरेको छ त ? यी गम्भीर विषयवस्तुमाथी दृष्टिगोचर गर्ने र रुपान्तरण गर्ने अवसर र चुनौतीको बिचमा आसन्न १४औं महाधिवेशन राष्ट्रिय राजनीतिक दृष्टिकोणले पनि अरु महत्त्वपूर्ण छ ।

                            शुशिल राई

काङ्ग्रेस पार्टीमा माथी केन्द्र देखि तल टोल समितिसम्म रहेका नेताकार्यकर्ताको राजनीतिक संस्कार, चिन्तन, बुझाई र व्यबहारलाई अरु उजागर, समिक्षा र परिवर्तन गर्ने कसिको रूपमा आसन्न महाधिवेशनले सैद्धान्तिक र सांगठनिक महत्त्व राख्दछ । पार्टी भित्रको आन्तरिक अन्तरसम्बन्धको विषयवस्तु केवल नेपाली काङ्ग्रेस पार्टीलाई प्रभावित पार्ने विषयवस्तु मात्र हो या नेपाली राजनीतिको वर्तमान र भविष्यलाई दख्खल पार्ने विषयवस्तु पनि हो ? भन्ने सैद्धान्तिक र व्यबहारगत अध्ययन र विश्लेषणको कुरा नेपाली काङ्ग्रेस पार्टीको १४औं महाधिवेशनको सेरोफेरोमा अरु उजागर हुन्छ ।

कृयाशिल बितरणको विवाद नेपाली काङ्ग्रेस पार्टीको आन्तरिक लोकतान्त्रिक प्रणालीको अभ्यास अनुशार, लोकतान्त्रिक पार्टीको विधि र विधान अनुशार संगठन र पार्टीको वृहत्तर हितमा आधारित छ ? समग्र पार्टी संगठनको हित अनुकुल छ या निश्चित नेता (नेतृत्वको सुरक्षा र स्वार्थमा आधारित छ ? आफ्नो गुट र व्यक्तिको सुरक्षा र प्रभावलाई अरु मलजल गर्न गोजिबाट बाडिएको कृयाशिलको विवाद सामान्य काङ्ग्रेसको स्वरुपनै हो त ? आफुलाई लोकतन्त्रको हिमायती दाबी गर्ने पार्टीको विधि र विधानलाई एकाध व्यक्ति र शक्तिले प्रभावित गर्न सक्छ त ! ? भन्ने गम्भीर प्रश्न आम आधारभुत कार्यकर्ता, शुभेच्छुक–समर्थक र तटस्थ जनताबाट उठिरहेको अवस्थामा पार्टी नेतृत्वले कसरी सम्बोधन गर्ने ? विभिन्न ठाउँ विशेष स्थानीय स्तरमा आफ्नो तथाकथित पकड र दबदबा छ या हुनुपर्छ भन्ने व्यक्तिवादी चिन्तन, अहंमता, झुण्डवादी संस्कार र पार्टी मेरो बाबुबाजेबाट पाएको पैतृक सम्पत्तिझैँ गर्ने अराजक र अराजनीतिक चिन्तन भएका नेता(नेतृत्वले पार्टी भन्दा शक्तिशाली भएको छाँट र क्रियाकलाप देखाएर पार्टी आफ्नो घरायसी पेवा बनाउने तथाकथित उहिल्यैकै काङ्ग्रेसी चलनचल्तीले वर्तमान राष्ट्रिय राजनीतिको नेतृत्व गर्न सक्ने राजनीतिक दलको रूपमा काङ्ग्रेस पार्टी निर्माण हुन सक्छ त? व्यक्ति र गुटलाई सम्पन्न बनाउने आफ्नो शक्ति र स्वार्थको पुर्ती हेतु “जसको शक्ति उसको भक्ती” को अवधारणामा आधारित कृयाशिल गोजिबाट बितरित प्रणाली भनिएको परिप्रेक्षमा १४ औं महाधिवेशन के वास्तवमै काङ्ग्रेसको तलबाट माथीसम्मको सांगठनिक नेतृत्व चयन अघिल्लो महाधिवेशनको प्रक्रियाझै मात्र हुनुले कुन अर्थमा बदलिएको काङ्ग्रेस र बदलिएको राजनीतिक अवस्थालाई कसरी बुझ्न सक्यो त? काङ्ग्रेस पार्टीले पछिल्लो राष्ट्रिय राजनिती र बदलिएको राजनीतिक परिस्थितिलाई आत्मासात गर्न सक्यो त१? प्रश्न गम्भीर छ।

काङ्ग्रेसका मै हुँ भन्ने नेताको पहलकदमीले भन्दा पनि, काङ्ग्रेसको राजनैतिक कार्यक्रमको प्रभावले भन्दा पनि नेपाली राजनीतिको परिस्थितिजन्य घटनाक्रमले कम्युनिष्ट राजनीतिबाट अघाएका,कम्युनिस्ट राजनीतिप्रति विश्वास(भरोसा नदेखेका र नैराश्यता भोगेका ती तमाम कम्युनिस्ट राजनीतिक धरातलबाट आएका नेताकार्यकर्ताले काङ्ग्रेसलाई वैकल्पिक शक्तिको रूपमा बुझेर प्रजातान्त्रिक समाजवादको बैचारिक(सैद्धान्तिक बाटोलाई अंगिकार गर्दै अन्तरपार्टीबाट आएका हुन। यसरी असंख्यक राजनीतिक चेतना बोकेका अन्य पार्टीलाई छोडेर काङ्ग्रेस भएका आम जनतालाई, कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गरिएको कुनै कार्यक्रम र योजना पार्टी केन्द्रले ल्याउन सक्यो त ? के त्यो महत्त्वपूर्ण छैन?

अबिरमाला र मिडियाबाजि भन्दा बिचार(सिद्धान्तले लैस ती हजारौं नव(आगन्तुकलाई केवल गुटको गोटि बनाउने मात्र राजनीतिक अभिप्राय र काङ्ग्रेस भित्रको संस्कारले के काङ्ग्रेसको दीर्घकालीन रुपमा विकास र विस्तार सम्भव होला त? फरक राजनैतिक स्कुलिङबाट आएका राजनीतिक चेतना बोकेका मान्छेहरु काङ्ग्रेसको आन्तरिक अन्तर्घुलनमा समाहित हुन नपाउदै त्यो या व्यक्तिको उठ्बस र हिड्डुलकै आधारमा लाईनको लेपन लगाउनु र ईतरका लाईनले कटाक्ष,निषेधात्मक र शत्रुवत व्यबहार गर्नु प्रजातान्त्रिक अभ्यास हो त१?
कुनै नेता आफ्नो सम्पत्तिको तुजुकमा कार्यकर्तालाई प्रभावित गर्दै आफ्नो गुटको बनाईरहेका छ्न,कार्यकर्ता र महिनावारी स्टाफमा भिन्नता नदेख्नेहरु नयाँ काङ्ग्रेस जति सबै आफ्नो गुटको हुनुपर्छ भन्ने उदेश्यले अभियानमा जुटिरहदाँ ती नव(प्रवेसीले के वास्तवमा काङ्ग्रेस हुनुको मर्मलाई बुझ्न सक्छ? तथाकथित पुरानो भनिने काङ्ग्रेस नेताहरूले ती नयाँ प्रवेशीलाई आफ्नो गुटको बनाउनु भन्दा पहिले काङ्ग्रेस बनाउनु पर्ने र सम्बन्धित सहयोग,सद्भाव र प्रेरणादायी भुमिका निर्वाह गर्नुपर्ने होईन र? निर्भीक र स्वतन्त्ररूपमा काङ्ग्रेस पार्टी भित्र अन्तर्घुलन,अनुसन्धान र अन्वेषण गर्न नपाउदै,सहि अर्थमा बिचार र सिद्धान्तमा आधारित कर्मठ काङ्ग्रेस हुन नपाउदै कुनै निश्चित व्यक्ति र गुटको वफदारितामा काबिल बनाउने शक्ति र समुहको चंगुल भित्र पारिनु र पर्नुले,के वास्तवमा असल काङ्ग्रेस नेताकार्यकर्ता उत्पादन हुन सक्छ त ? कुनै व्यक्ति र गुट विशेषको भक्त हुन,मौनताको बन्धी हुन,प्रलोभित र बिकाउ हुनुको लागि अरु पार्टी त्यागेर काङ्ग्रेसलाई रोजेको हुन त? ूहामी सबै काङ्ग्रेसूभन्ने चेतना र भावनाले भन्दा पनि यताको वा उताको गुटको ! यसको मान्छे या उसको मान्छे भनेर किन एउटा काङ्ग्रेसले अर्को काङ्ग्रेसलाई चिन्छ्न आफ्नो बिचारको प्रफुष्टन हुन नपाउने कस्तो प्रजातान्त्रिक अभ्यास काङ्ग्रेसमा हुँदैछ?पछिल्लो पटक देशव्यापीरूपमा अन्तरपार्टी बाट नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गरेका ती हजारौं कार्यकर्ता र शुभेच्छुकहरुलाई सकृय र सशक्तरूपमा काङ्ग्रेसको संगठनात्मक वृद्धि(विकासको लागि कसरी परिचालित गरियो त१? यी यस्ता प्राथमिक विषयवस्तुले किन प्राथमिकता पाउन सकेन? नेतृत्व जवाफदेही हुनुपर्छ ।

निक्कै चर्को अराजनीतिक,असाध्यै धुमिल झुण्ड र गिरोहको पनि उत्तिकै सहभागिता भएको काङ्ग्रेस पार्टीको आन्तरिक प्रजातन्त्रमा वृहत र शक्तिशाली काङ्ग्रेस पार्टी निर्माणको अविभारालाई पूरा गर्ने अवसर र चुनौती आसन्न १४औं महाधिवेशनले हामिलाई दिएको छ। विभिन्न राजनीतिक उतारचढाव देखेका,भोगेका नेपाली जनता र समाजको चिन्तन,आकंक्षा र आवश्यकतालाई सम्बोधन गर्न सक्ने,वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिलाई आत्मासातगर्दै आधारभुत जनताको मागलाई सम्बोधन गर्न सक्ने राजनीतिक पार्टीको निर्माण,नेतृत्वको निर्माणको चुनौती १४औं महाधिवेशनले हामीलाई दिएको छ भने,अर्को तर्फ मुठ्ठीभर निश्चित व्यक्तिहरुको व्यक्तिवादी झुण्डहरुको विरुद्ध,परम्परावादी संकिर्ण राजनीतिक सोच राख्ने,व्यक्तिवादी रवैया भएका म नै पार्टी हुँ,पार्टी नै मेरो हो” । भन्ने बिकारयुक्त गैर(काङ्ग्रेस चिन्तन बोकेका अराजक काङ्ग्रेसीहरु विरुद्ध पनि सशक्तरूपमा हावी हुने जिम्मेवारी पनि १४औं महाधिवेशनले हामिलाई सुम्पिएको छ ।

सम्बन्धित खवर