भारतमा पछिल्लाे २४ घण्टामा एक लाख ५० हजारभन्दा धेरै जनामा काेराेना - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, साउन ११, २०८१

भारतमा पछिल्लाे २४ घण्टामा एक लाख ५० हजारभन्दा धेरै जनामा काेराेना

काठमाण्डाै – भारतमा पछिल्लाे २४ घण्टा एक लाख ५० हजारभन्दा धेरै जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । त्यहाँकाे स्वास्थ्य मन्त्रालयले पछिल्लाे २४ घण्टामा एक लाख ५२ हजार आठ सय ७९ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे र काेराेनाका कारण आठ सय ३९ जनाकाे ज्यान गएकाे जनाएकाे छ ।

याेसँगै भारतमा अब काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या ११ लाखभन्दा धेरै भएकाे छ, त्यस्तै काेराेना सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या एक लाख ६९ हजार दुई सय ७५ पुगेकाे छ ।

भारतमा काेराेना महामारीकाे पहिलाे लहर देखिएकाे सङ्क्रमण दरभन्दा दाेस्राे लहरकाे सङ्क्रमण दर धेरै चिन्ताजनक देखिएकाे छ । केही दिनयता भारतमा काेराेना सङ्क्रमितकाे सङ्ख्या लगातार बढिरहेकाे छ । अहिलेसम्म भारतमा एक कराेड ३३ लाख ५८ हजारभन्दा धेरैमा काेराेना सङ्क्रमण पुष्टि भएकाे र तीमध्ये एक कराेड २० लाख ८१ हजारभन्दा धेरै निकाे भएकाे त्यहाँकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । भारतमा गएकाे ७ अप्रिलमा एक लाख १५ हजार सात सय ३६, ८ अप्रिलमा एक लाख २६ हजार सात सय ८९, ९ अप्रिलमा एक लाख ३१ हजार नाै सय ६८ र १० अप्रिलमा एक लाख ४५ हजार तीन सय ८४ जनामा सङ्क्रमण पुष्टि भएकाे थियाे ।

सम्बन्धित खवर