पथरीशनिश्चरेमा ५ औँ अन्तराष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप २०२१ हुने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, फागुन १७, २०८०

पथरीशनिश्चरेमा ५ औँ अन्तराष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप २०२१ हुने

साइनो समाचारदाता
पथरी । मोरङको पथरीशनिश्चरेमा ५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप २०२१ हुने भएको छ । मोरङको पथरी शनिश्चरेमा अवस्थित भूटानी शरणार्थी शिविरका सक्रिय युवाहरुको समूह यूथ फ्रेन्ड्ली सेन्टर (थ्ँऋ) को मुख्य आयोजनामा माघ २ गतेबाट प्रतियोगीता सञ्चालन हुने भएको हो ।

आयोजकले सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि प्रतियोगिता हुने बारे जानकारी दिएको हो । विगतका संस्करणमा, अन्तराष्टिय क्लबहरुको समेत सहभागीता रहने गरे पनि यस वर्ष भने कोभिड १९ का कारण देश भित्रका विभिन्न क्लब र समूहको सहभागीतामा आयोजना गर्न लागिएको जानकारी गराएको छ ।

सेक्टर आई परिवारको मुख्य प्रायोजनमा आयोजना हुने प्रतियोगीतामा काकड्भिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, पथरीशनिश्चरे फुटबल क्लब पथरी, विन्द्यावासिनी फुटबल क्लब विराटनगर, बि.वाई.सि बेलडाँगी, एफ.एफ.सी धरान, बेलबारी फुटबल क्लब, योङ् ब्रदर फुटबल क्लब, नवोदय फुटबल क्लब पथरीशनिश्चरे, उर्लाबारी फुटबल क्लब, धरान सिटी एकेडेमी फुटबल क्लब धरान, फ्यान्स क्लब (विआरसी), लेटाङ फुटबल क्लब र आयोजक थ्ँऋ को २ वटा टिम गरी १४ वटा टिमको सहभागीता रहने  प्रतियोगीता संयोजक राम कुमार वानियाँले बताउनु भयो ।

प्रतियोगीता माघ २ गतेबाट १५ गतेसम्म सञ्चालन हुने प्रतियोगीताको विजेताले १ लाख १ हजार रुपैँया र उपविजेताले ५१ हजार रुपैँया नगद प्राप्त गर्नेछ । प्रतियोगीताका सम्पूर्ण खेलहरु पथरीशनिश्चरे १० मा रहेको पथरी शनिश्चरे रंगशालामा आयोजना हुनेछ । पत्रकार भेटघाटको क्रममा बोल्दै सो रंगशाला निर्माण समितीका अध्यक्ष गणेश थक्लुङ्ले रङ्गशाला निर्माण पश्चात प्रतियोगिताको तयारी गरिरहेको अवस्थामा यस प्रतियोगिताले रङ्गशालाको प्रचारप्रसार र स्थानिय खेलाडी प्रवद्धर्नमा टेवा पुग्ने बताउनु भयो।

सम्बन्धित खवर