चलचित्र ‘गोवर गणेश’ गीत ‘अमिलो मोई’ सार्वजनिक - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

चलचित्र ‘गोवर गणेश’ गीत ‘अमिलो मोई’ सार्वजनिक

साइनो समाचारदाता
काठमाडौँ । नेपाली चलचित्र ‘गोवर गणेश’ को गीत ‘अमिलो मोई’ सार्बजनिक भएको छ । गायक निशान भटराई र गायीका एलीना चौहानको आवाजमा रहेको उक्त गितमा रिमेश कुमारको संगीत रहेको छ ।

निर्देशक ल्याण अधिकारीको निर्देशनमा बिलभ्ड इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको कमेडी एक्सन तथा कमेडी बेसमा आधारित नेपाली कथानक चलचित्र ‘गोवर गणेश’को उक्त गीतमा जय किसान बस्नेत, सि.यम भारद्वाज सुवेदी ,मुनम मल्ल ठकुरी ,भोमन कटुवाल,राजु किराँत, हिमाल राई, अजय खड्का , शिशिर भट्टराई ,टेकेन्द्र न्यौपाने लगायाताको अभिनय रहेको यस चलचित्रमा राजु किरातको एक्सन रहेको छ ।

भोमन कटुवालको कथा रहेको यस चलचित्रमा पटकथा तथा संबाद भोमन कटुवाल र कल्याण अधिकारीको रहेको छ । अनिल कुमार महर्जनको सम्पादन रहेको यस चलचित्र लाई मोहन कुमार झिल्लुले खिचेका हुन । हरि कुमार कटुवाल निर्माता रहेको यस सिनेमा लाई चलचित्र घर खुल्ले लगतै प्रदर्शन गरिने बताईएको छ । यस चलचित्रको डिजिटल सर्वाधिकार साईराम पिक्चर्स लाई दिइएको छ ।

भिडियो :

सम्बन्धित खवर